Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनीति तथा कार्यक्रमको व्यावहारिक कार्यान्वयनमा चेम्बरको जोड

नीति तथा कार्यक्रमको व्यावहारिक कार्यान्वयनमा चेम्बरको जोड


काठमाडौं,नेपाल चेम्बर अफ कमर्सले नीति तथा कार्यक्रमको व्यावहारिक कार्यान्वयनमा जोड दिएको छ । संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत भएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम परिणाममुखी हुने विश्वास पनि चेम्बरले लिएको छ ।

मुलुकको आन्तरिक अर्थतन्त्र जोखिमकै अवस्थामा रहेका बेला चेम्बरले नीति तथा कार्यक्रमको व्यावहारिक कार्यान्वयनमा जोड दिएको हो । नीति तथा कार्यक्रममा समावेश गरिएका विषयलाई बजेटमार्फत सम्बोधन गर्न समेत चेम्बरले सरकारको ध्यानाकर्षण गराएको छ ।

चेम्बरद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘हालको आर्थिक मन्दी र लगानीमा देखिएको संकुचनलाई नीति तथा कार्यक्रमले पर्याप्त मात्रामा समावेश गर्न सकेको छैन । आर्थिक स्थायित्व कायम गर्नेगरी आगामी बजेट आउन आवश्यक छ ।’ नीति तथा कार्यक्रमले आंशिक रूपमा भए पनि निजी क्षेत्रको माग भने सम्बोधन गरेको चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले बताए । उनले भने, ‘निजी क्षेत्रले उठाएका केही माग सम्बोधन भएका छन् । उत्पादनमुखी कार्यक्रम, औद्योगिक विकास र सार्वजनिक निजी साझेदारी अवधारणालाई प्रभावकारी बनाउने गरी नीति तथा कार्यक्रम कार्यान्वयन गर्न आवश्यक छ ।’

नीति तथा कार्यक्रममा महत्वाकांक्षी योजनाहरू घोषणा हुने तर कार्यान्वयनको पाटो फितलो हुने समस्याप्रति पनि चेम्बरले सरकारको ध्यानाकर्षण गराएको छ । कमजोर धरातलमा आएको नीति तथा कार्यक्रम सकारात्मक भए तापनि सीमित स्रोत र साधनका कारण कार्यान्वयनको पाटो जोखिममै रहेको चेम्बरको ठहर छ । नीति तथा कार्यक्रम कनिका छरेजस्तो बनाउनेभन्दा आर्थिक विकासको जग बसाल्ने गरी आउनुपर्ने चेम्बरले जनाएको छ । सरकारको नीति तथा कार्यक्रमले सरकारी खर्चमा मितव्ययिता कायम गर्न खोज्नु सकारात्मक भएको अध्यक्ष मल्लले बताए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया