‘चिया सागर’को नयाँ आउटलेट महाराजगञ्जमा
काठमाडौं । चिया पारखीहरू गफिने नयाँ अड्डा खुलेको छ । चिया सागरले काठमाडौंको नयाँ बानेश्वरपछि महाराजगञ्जको श्रीकान्ति मार्गमा नयाँ आउटलेट विस्तार गरेको हो । चिया पारखीहरू गफिने नयाँ अड्डाको लागि केशव शर्मा, प्रकाश पौडेल र नवीन शर्माले ८० लाख रुपैयाँ खर्चिएका छन् । जहाँ मनै लोभ्याउने वातावरणमा मीठो चिया पिउन पाइन्छ । गत सोमबार एक समारोहबीच कलाकार सलोन बस्नेत र मोडल याङ्सु श्रेष्ठले संयुक्तरूपमा चिया सागरको नयाँ आउटलेट उद्घाटन गरेका थिए । चिया सागरमा ५५ प्रकारका चिया पाइन्छन् । विशेषगरी चिया सागरको मेनुमा मट्का, मसला, आइस टी, घरको चिया, हर्बल टी, ग्रिन टी, फ्रुट टी उपलब्ध छन् । निकै चर्चितचाहिँ मसला चिया छ । ‘ए वान ग्रेड’को मसाला मिसाएर आफ्नै रेसिपी तयार पारिएको छ । चियाका पारखीहरूलाई फरक–फरक स्वाद चखाउने उद्देश्यले खोलिएको चिया सागरमा ३० देखि तीन सय रूपैयाँ कपसम्मका चिया उपलब्ध छन् । चिया, कफीबाहेक यहाँ बेकरी आइटम पनि उपलब्ध छन् ।
चिया सागरका सञ्चालक केशव शर्माका अनुसार बानेश्वरमा खोलिएको चिया सागरको पहिलो पसलका ग्राहकहरूको सुझाव सल्लाह र अनुरोधमा महाराजगञ्जमा नयाँ पसल खोलिएको हो । शर्मा भन्छन्, ‘नेपालीहरूमा संस्कृतिको रूपमा विकास भइसकेको आदत र शैली ‘चिया पिऊँ’ को संस्कारलाई थप परिमार्जन गरेर आधुनिक शैलीमा चिया पस्किने थलो हो, चिया सागर । यहाँ एक प्रकारको शान्त, रमाइलो वातावरणसहित चिया पारखीहरूलाई चिया खुवाउने हाम्रो उद्देश्य हो ।’ यहाँको सजावटमा आधुनिकसँगै नेपाली मौलिक वस्तुले पनि स्थान पाएका छन् । चिया सागरमा डालो उल्टो झुन्ड्याएर बत्ती बालेको देखिन्छ । भित्र सिलिङ र भित्ताहरूमा नाङ्लो टाँसिएको देख्न सकिन्छ । दुई सयभन्दा धेरै नाङ्लो र डोकोले चिया सागरलाई निकै नै आकर्षक बनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 9
ताजा अपडेट
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया