Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगरियलमीद्वारा नार्जो एन–५३ र नार्जो एन–५५ सार्वजनिक

रियलमीद्वारा नार्जो एन–५३ र नार्जो एन–५५ सार्वजनिक


काठमाडौं । रियलमीले नेपालमा नयाँ दुईवटा स्मार्टफोन मोडलहरू सार्वजनिक गरेको छ । कम्पनीले शुक्रबार काठमाडौंको सोल्टी होटलमा पत्रकार सम्मेलन गरी आफ्ना दुई नयाँ मोडलहरू नार्जो एन–५५ र नार्जो एन–५३ सार्वजनिक गरेको हो ।

यी दुई फोनहरू हरेक कुराहरू छिटो चाहने नेपाली युवा पुस्तालाई लक्षित गरेर ल्याइएको कम्पनीका कन्ट्री म्यानेजर मनिष गिरीले जानकारी दिए । ‘कटिङ एज फिचरहरू, स्लिक डिजाइन र शक्तिशाली पर्फर्मेन्सयुक्त यी फोनहरूले नेपाली नयाँ पुस्ताको मन जित्छ,’ नयाँ मोडल सार्वजनिक गर्दै गिरीले भने । नेपालमा स्मार्टफोनको नयाँ लाइन अप ल्याएको घोषणा गर्न पाउँदा मलाई खुसी लागेको उनको भनाइ थियो । नार्जो एन–५३ रियलमीको अहिलेसम्मकै सबैभन्दा स्लिम एन्ट्री लेभल अल राउन्डर भएको पनि कन्ट्री म्यानेजर गिरीले बताए ।

‘यो फोन जति स्लिम छ, त्यति नै शक्तिशाली पनि छ, अर्कोतर्फ, रियलमी नार्जो एन–५५ ले नेक्स्ट जेन पावरहाउसको रूपमा स्मार्टफोन अनुभवलाई अझ शान्दार बनाउँछ, अत्याधुनिक टेक्नोलोजी र असाधारण प्रोसेसिङ पावरको साथ यसले बिजुली चम्केको गतिमा पर्फम गर्छ र मल्टिटास्किङ गर्न पनि धेरै सजिलो बनाउँछ,’ कन्ट्री म्यानेजर गिरीले भने । पछिल्लोपटक सार्वजनिक भएका यी स्मार्टफोनहरू देशभरका अनलाइन र आधिकारिक विक्रेतामार्फत उपलब्ध रहेको जानकारी पनि गिरीले दिए ।

कम्पनीका अनुसार ४/६४ जीबी स्टोरेज क्षमता भएको नार्जो एन–५३ मोडलको मूल्य १५ हजार नौ सय ९९ रुपैयाँ र ६/१२८ भेरियन्टको मूल्य १८ हजार नौ सय ९९ रुपैयाँ रहेको छ । त्यसैगरी, ४/६४ जीबी स्टोरेजसहितको नार्जो एन–५५ को मूल्य २० हजार चार सय ९९ रुपैयाँ र ६/१२८ भेरियन्टको मूल्य २४ हजार चार सय ९९ रुपैयाँ रहेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया