Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगमाग सम्बोधन गर्न महासंघले गरायो मन्त्रीको ध्यानाकर्षण

माग सम्बोधन गर्न महासंघले गरायो मन्त्रीको ध्यानाकर्षण


काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले आफ्ना मागहरूका विषयमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको ध्यानाकर्षण गराएको छ । महासंघका वरिष्ठ उपाध्यक्ष आङ दोर्जी लामा (एडी) नेतृत्वको प्रतिनिधिमण्डलले मंगलबार मन्त्री ज्वालालाई भेटी महासंघका मागहरूका विषयमा ध्यानाकर्षण गराएको हो ।

आर्थिक वर्ष २०८०/०८१ को बजेटमार्फत् सरकारले म्याद थपलगायतका महत्वपूर्ण मागहरू सम्बोधन नगरेको भन्दै महासंघ सरकारसँग रुष्ट छ । महासंघले यसअघि नै पत्रकार सम्मेलनको आयोजना गरी माग पूरा गर्न सरकारलाई असार चार गतेको समयसीमा दिइसकेको छ । उक्त समयमा माग पूरा नगरे सबै निर्माण व्यवसायीहरूको इजाजत पत्र सरकारलाई बुझाउने महासंघको तयारी छ । व्यवसायीहरूले आन्दोलन थाल्नुअघि नै माग पूरा गर्न दबाबस्वरूप महासंघले सबै मन्त्रीहरूलाई भेटेर ध्यानाकर्षण पत्र बुझाउने भएको छ । सोहीअनुरूप महासंघले भौतिकमन्त्रीमार्फत सरकारको ध्यानाकर्षण गराएको हो ।

महासंघका वरिष्ठ उपाध्यक्ष आङ दोर्जी लामा (एडी) ले माइलस्टोनको खारेजी सहित म्याद थप, भुक्तानी, मूल्य समायोजन लगायतका व्यवसायीहरूको अत्यन्त महत्वपूर्ण मागहरूबारे बजेटमा केही सम्बोधन नभएकाले व्यवसायीहरू ठूलो मारमा परेको बताए । मूल्य समायोजनसहित एकमुष्टरूपमा २०८१ असार मसान्तसम्म सबै आयोजनाहरूको म्याद थप हुनुपर्ने उनले बताए । व्यवसायीहरूको रकमको भुक्तानी भएमा अर्थतन्त्र चलायमान भई त्यसको सकारात्मक प्रभाव राज्यको अर्थतन्त्रमै देखिने उनले बताए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया