Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगबजाजको २५ वर्ष लिडरसिप योजना सम्पन्न

बजाजको २५ वर्ष लिडरसिप योजना सम्पन्न


काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले आफ्नो रजत जयन्तीको अवसरमा सञ्चालनमा ल्याएको ‘नेपालमा लिडरसिपको २५ वर्ष’ क्याम्पेन सम्पन्न भएको छ । आफ्ना उपभोक्तालाई आकर्षक लाभहरू प्रदान गर्दै कम्पनीले यो अभियान नयाँ वर्ष २०७८ को अवसरमा सुरुवात गरेको थियो ।

यस अभियानअन्तर्गत बजाजले ग्राहकलाई आकर्षक अफरहरू उपलब्ध गराएको थियो, जसमा विशेष २५ प्रतिशत डाउन पेमेन्टमा फाइनान्सिङको विकल्प, १० हजार रुपैयाँसम्मको स्योर सट नगद छुट र भाग्यशाली २५ जना ग्राहकले एक केजी चाँदी जित्ने अवसर समावेश गरिएको थियो । हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिका निर्देशक अभिमन्यु गोल्छा यो अभियान कम्पनीको अहिलेसम्मको यात्रामा ग्राहकहरूले वर्षौंदेखि दिएको अटल साथका लागि आभार व्यक्त गर्नको लागि यो उत्सव एक माध्यम रहेको बताए । ‘नेपाली बजारलाई २५ वर्षदेखि अटुट सेवा प्रदान गर्न पाउँदा हामी निकै नै खुसी छौँ र भविष्यमा उत्कृष्टता प्रदान गर्ने हाम्रो प्रतिबद्धतालाई निरन्तरता दिनेछौँ’, उनले भने । कम्पनीका अनुसार देशभरका ग्राहकहरूले ‘नेतृत्वको २५ वर्ष’ अभियानका आकर्षक अफरहरूको अत्यधिक लाभ लिएका थिए ।

बजाजको अर्को ५० प्रतिशत डाउन पेमेन्टमा शून्य प्रतिशत ब्याजदरको अफर पनि चालु छ, जसअन्तर्गत उपभोक्ताहरूले ५० प्रतिशत डाउनपेमेन्ट गर्दा शून्य प्रतिशत ब्याजदरमा हुलास फिनसर्भमार्फत फाइनान्समा बाइक खरिद गर्न सक्नेछन् । ग्राहकको सन्तुष्टिमा निरन्तर जोड दिएकाले र उत्कृष्ट उत्पादन तथा विश्वस्तरीय सेवा प्रदान गरेकाले नै अटोमोबाइल क्षेत्रमा बजाजको ब्रान्डको रूपमा स्थापित भएको कम्पनीको दाबी छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया