कोका–कोलाको ‘चिल एन्ड विन’ क्याम्पेन
काठमाडौं । कोकाकोलाले यस वर्षको सबैभन्दा ठूलो प्रमोसनल क्याम्पेन ‘चिल एन्ड विन’ सञ्चालनमा ल्याएको छ । यो क्याम्पेनले उपभोक्ताहरूलाई स्मार्टफोन र मोबाइल रिचार्जजस्ता उत्कृष्ट उपहारहरू जित्ने अवसर प्रदान गरेको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार यो क्याम्पेन कोकाकोला नेपालको अहिलेसम्मकै सबैभन्दा ठूलो प्रमोसनल क्याम्पेन पनि हो । यसका अफरहरू स्प्राइट र फ्यान्टाको पेट बोतलहरूमा पनि उपलब्ध रहेको छ । कम्पनीका अनुसार यस क्याम्पेनअन्तर्गत बोतहरूको लेभलपछाडि राखिएको युनिक कोडका आधारमा ग्राहकहरूले उपहार जित्ने मौका पाउनेछन् । युनिक कोडका लागि विशेषरूपमा चिह्न लगाइएको पेट बोतलहरूको लेबलमा वा आरजीबी बोतलहरूको क्राउन मुनि चेक गर्नुपर्ने कम्पनीले जनाएको छ । क्याम्पेनको वेबसाइटमा कोड राखेर वा एसएमएसमार्फत कोड पठाएर प्रत्येक दिन एक स्मार्टफोन जित्ने मौका पाइनेछ । सहभागीहरूले पाँच सय रुपैयाँसम्मको मोबाइल रिचार्ज पनि जित्न सक्नेछन् । यो अफर नेपालभर कोकाकोला, स्प्राइट र फ्यान्टाको १७५ मिलि तथा २५० मिलिको सिसाको बोतल र २५० मिलि तथा ५०० मिलि पेट बोतलमा लागु हुने कम्पनीले जनाएको छ ।
उपभोक्ताहरूलाई आफ्नो पुरस्कार दाबी गर्न सजिलो होस् भन्ने हेतुले कोकाकोलाले यो वर्ष डिजिटल पेमेन्ट पार्टनरको रूपमा खल्तीसँग सहकार्य गरेको छ । जसले गर्दा विजेताहरूले तुरुन्तै आफूले जितेको रकम प्रयोग गर्न पाउने जनाइएको छ । ‘चिल एन्ड विन’ क्याम्पेन जेठ ६ गतेदेखि सुरु भएका र असार ३० गतेसम्म लागु हुने कम्पनीले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया