Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगइफाप्काको ४२औँ मिडटर्म बैठकमा सहभागी हुन नेपाली टोली मंगोलियामा

इफाप्काको ४२औँ मिडटर्म बैठकमा सहभागी हुन नेपाली टोली मंगोलियामा


काठमाडौं । नेपालले नेतृत्व गरिरहेको अन्तर्राष्ट्रिय संस्था एसिया तथा पश्चिम प्रशान्त क्षेत्रका निर्माण व्यवसायीहरूको साझा संगठन (इफाप्का) को ४२ औँ मिडटर्म बैठकमा सहभागी हुन नेपाली टोली मंगोलिया प्रस्थान गरेको छ । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह नेतृत्वको २२ सदस्यीय टोली मंगोलियाको राजधानी उलानबाटोरमा जेठ ३२ बाट सुरु हुने बैठकमा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेको हो ।

असार २ गतेसम्म चल्ने बैठकमा इफाप्कामा आबद्ध १८ राष्ट्रका प्रतिनिधिहरू सहभागी हुने छन् । हाल इफाप्का अध्यक्षसमेत रहेका महासंघका अध्यक्ष रवि सिंहले बैठकको अध्यक्षता गर्नेछन् । बैठकका क्रममा विभिन्न फोरममा निर्माण उद्योगमा देखिएको चुनौती र तिनको समाधान, दिगो विकासको युगलगायतका विषयमा केन्द्रीत रही विज्ञहरूबीच छलफल हुनेछ । साथै, नेपालमा हुने ४६ औँ इफाप्का सम्मेलनको तयारीबारे पनि बैठकमा परामर्श हुनेछ । मंगोलियाको राजधानी उलानबाटोर पुग्नुअघि नेपाली प्रतिनिधिमण्डलले केही दिन दक्षिण कोरियामा रहँदा छोटो अवधिमा दक्षिण कोरियाले भौतिक पूर्वाधारको क्षेत्रमा हासिल गरेको प्रगतिबारे स्थलगत अवलोकन गर्नेछ । इफाप्काको ४६ औँ सम्मेलन आगामी मंसिर पाँचदेखि नौसम्म काठमाडौंमा आयोजना हुँदैछ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया