बि–पर्की गार्डेन बुटिक रेस्टुरेन्टको औपचारिक सेवा सुरु
ललितपुर । ललितपुरको कुपण्डोलमा रहेको बि–पर्की गार्डेन बुटिक रेस्टुरेन्टले औपचारिक सेवा शुभारम्भ गरेको छ । नेपाली युवा पुस्तामाझ चर्चित गायिका प्रीति कौरसमेतको लगानी रहेको उक्त रेस्टुरेन्टले बिहीबार साँझ भव्य कार्यक्रम गरी औपचारिक सेवा शुभारम्म गरेको हो ।
शुभारम्म कार्यक्रममा नेपाली सांगीतिक क्षेत्रमा विशिष्ट व्यक्तिहरू, कलाकार, सञ्चारकर्मी, राजनीतिज्ञ एवं विभिन्न पेसा व्यवासीहरूको ठूलो संख्यामा उपस्थिति रहेको थियो । समुद्घाटनका अवसरमा रेस्टुरेन्टमा उपलब्ध विभिन्न परिकारहरूमा १५ प्रतिशतसम्म छुट दिइएको थियो । विशेष गरी इन्डियन खानाहरूलाई विशेष प्राथामिकतामा राखिएको रेस्टुरेन्टमा सबै किसिमको स्वास्थवर्द्धक खानाका परिकारहरू उपलब्ध रहेको छ । सुन्दर बगैंचासहितको पर्याप्त क्षेत्रफल रहेको यो रेस्टुरेन्ट पूर्ण पारिवारिक, शान्त, सुन्दर र स्वास्थ्यवर्द्धक रहेको कौरले बताइन् । साथै, रेस्टुरेन्टले अनलाइन फुड डेलिभरीको लागि पठाओ फुडलाई जिम्मेवारी दिएको पनि कौरले जानकारी दिइन् ।
रेस्टुरेन्टको उद्घाटन समारोहलाई भव्य बनाउन विभिन्न म्युजिक व्यान्डहरूको लाइभ प्रस्तुति राखिएको थियो । सोही अवसरमा गायिका कौरले आफ्नो पछिल्लो म्युजिक भिडियो मन सार्वजनिक गरेकी छन् । उक्त गीतमा स्वर प्रीतिको रहेको छ भने कम्पोजिसन सुशान्त गौतमको रहेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया