Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगइ–सेवामार्फत नेपाल टेलिकमको रिचार्ज गर्दा स्कुटर जित्न सकिने

इ–सेवामार्फत नेपाल टेलिकमको रिचार्ज गर्दा स्कुटर जित्न सकिने


काठमाडौं । ई–सेवामार्फत नेपाल टेलिकमको रिचार्ज गर्दा इलेक्ट्रिक स्कुटर जित्न सकिने भएको छ । यस अभियानमा सहभागी हुन एनटीसी प्रिपेड, पोस्टपेड र डाटाप्याक एप वा ई–सेवाको वेबसाइटमार्फत रिचार्ज गनुपर्नेछ ।

यो अभियान अवधिभर प्रोमोकोडहरू प्रयोग गरेर १० प्रतिशतसम्म क्यासब्याक पनि प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । क्यासब्याक आफूले रिचार्ज २४ घण्टाभित्र ई–सेवा वालेटमा जम्मा हुनेछ । यस्तै, बम्पर उपहार स्वरूप कोमाकी फ्लोरा इलेक्ट्रिक स्कुटर पाइने कम्पनीले जनाएको छ । यस स्कुटरले प्रतिचार्ज ७५–१०० किलोमिटरको माइलेज दिने कम्पनीको भनाइ छ । साथै, सहज र रमाइलो सवारी अनुभव सुनिश्चित गराउन शक्तिशाली ३००० वाट मोटरको जडान गरिएको छ । यस इलेक्ट्रिक स्कुटरमा ट्युबलेस टायर र डिस्क ब्रेकका साथै अन्य विशेषता रहेका छन् । यो अभियान असार १५ गतेसम्मको लागि सञ्चालन हुने कम्पनीले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया