होन्डा ‘एक्सचेन्ज र फाइनान्स मेला’
काठमाडौं । होन्डा मोटर बाइकको अधिकृत विक्रेता स्याकार ट्रेडिङ कम्पनीले होन्डा ‘एक्सचेन्ज र फाइनान्स मेला’ सञ्चालनमा ल्याएको छ । आफ्नो पुरानो बाइकसँग होन्डाको कुनै पनि नयाँ बाइक साट्न पाइने यो मेलाबाट ग्राहकले अधिकतम लाभ लिइरहेको आयोजकको भनाइ छ ।
मेलामा पुरानो बाइकसँग होन्डाको कुनै पनि नयाँ बाइक साट्दा उच्च मूल्याङ्कन रकमका साथमा तुरुन्तै पाँच हजार रुपैयाँ एक्सचेन्ज बोनस पनि पाइनेछ । साथै, १० हजार रुपैयाँसम्मको आकर्षक ‘स्क्र्याच कुपन’ ले पनि धेरैभन्दा धेरै ग्राहक लाभान्वित भइरहेको कम्पनीको दाबी छ ।
यस होन्डा ‘एक्सचेन्ज र फाइनान्स मेला’मा, सस्तो अग्रिम भुक्तानी र निकै कम ब्याजदरमा नयाँ होन्डा खरिद पनि गर्न सकिन्छ । ‘होन्डा फाइनान्स’मार्फत मात्रै ५९ हजार नौ सय ९९ रुपैयाँको अग्रिम भुक्तानी र मात्रै एक प्रतिशतको ब्याजदरमा नयाँ होन्डा किन्न सकिने स्याकार ट्रेडिङ कम्पनीले जनाएको छ । जुन एकदेखि सुरु भएको यस मेलाका योजनाहरूमा सहभागी हुन हाललाई काठमाडौंका होन्डा मोटरबाइकको सबै डिलरहरूमा सम्पर्क गर्न सकिने छ भने छिट्टै नै देशभर पनि लागु हुने कम्पनीले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया