कोकाकोलाद्वारा ग्राउन्डवाटर रिचार्ज प्रोजेक्ट हस्तान्तरण
काठमाडौं । कोकाकोला बेभरेजेज नेपालले स्प्ल्यास नेपालको कार्यान्वयन टोलीसँग मिलेर आकाशे पानी संकलन, ग्राउन्डवाटर रिचार्ज (भूमिगत जल पुनर्भरण) तथा सफा पिउने पानीको प्रोजेक्ट सैनिक आवासीय महाविद्यालय पोखरालाई हस्तान्तरण गरेको छ ।
२३ मे २०२३ मा सुरुवात भई ८ जुन २०२३ मा समापन भएको उक्त संयुक्त प्रोजेक्ट विश्व वातावरण महिनाको अवसर पारेर कम्पनीले सैनिक आवासीय महाविद्यालयमा हस्तान्तरण गरेको हो । कोकाकोला बेभरेज नेपाल र स्प्ल्यास नेपालको संयुक्त पहलमा सैनिक आवासीय महाविद्यालय पोखरामा सफा र सुरक्षित पानी तथा अर्बन रेजिलियन्ट कम्युनिटी निर्माणका लागि आकाशे पानी संकलन र ग्राउन्डवाटर रिचार्ज पोखरी निर्माण गरिएको छ । यस प्रोजेक्ट मार्फत १२ वटा बोतल फिलर धारा तथा आठवटा बब्लर फसेटलाई चारवटा वाटर स्टेसन र डुअल स्पाउट्ससँग क्रमशः जोड्दै खानेपानी वितरणका लागि दुई युएफ फिल्टर उक्त स्थानमा जडान गरिएको छ । यस प्रोजेक्टले २५०० भन्दा बढी मानिसहरू लाभान्वित हुने छन् । यस प्रोजेक्टले वार्षिकरूपमा चार लाख ३५ हजार लिटरसम्म वाटर रिचार्ज गर्ने अपेक्षा गरिएको छ ।
यस्तै, आकाशे पानी सङ्कलन र ग्राउन्डवाटर रिचार्ज (भूमिगत जल पुनर्भरण) का बारेमा मोटिभेसनल तथा सचेतना सेसन पनि उक्त विद्यालयमा सञ्चालन गरिएको थियो । त्यस्तै, फिल्ट्रेसन सिस्टम मेन्टेनेन्सनका बारेमा ट्रेनिङ सेसन पनि प्रदान गरिएको कम्पनीले जनाएको छ । सैनिक आवासीय महाविद्यालयका नेपाली सेना मेजर बाबुलाल जिसीले विद्यालयमा १२ सयभन्दा धेरै विद्यार्थी रहेको र पानीको ज्यादै आवश्यकता रहेको बताए । यस्तै, कोकाकोला बेभरेजेज नेपालका प्रबन्ध निर्देशक दीपक सेन्थिल नाथले जलस्रोतको संरक्षण र रिचार्ज, जिम्मेवार पानी प्रयोगको तथा सबैमा सफा पानीको प्रवद्र्धनमा कम्पनी लागि पर्ने बताए । स्प्ल्यास नेपालका कार्यकारी निर्देशक प्रदीप खड्काले यस प्रोजेक्टको मेन्टेनेन्स र स्थिरताप्रति आफूहरू शतप्रतिशत प्रतिबद्ध रहेको बताए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया