युनिग्लोब कलेजमा व्यापार मेला
काठमाडौ । काठमाडौँको नयाँ बानेश्वरमा रहेको युनिग्लोब कलेज परिसरमा १२ औँ व्यापार मेला सम्पन्न भएको छ । गत सोमबारदेखि शुक्रबारसम्म मेला सञ्चालन भएको मेलामा २५ भन्दा धेरै स्टल राखिएका थिए । ती स्टलहरूमा खानेकुरासहित बजारमा उत्पादन भएका सामानहरू राखिएको युनिग्लोब कलेजले जनाएको छ ।
यस कार्यक्रमका लागि कलेजले विद्यार्थीहरूलाई आर्थिक ऋण उपलब्ध गराउँछ र सो ऋणबाट नै विद्यार्थीहरूले आफ्नो व्यापार सुरु गर्छन् । यस कार्यक्रमबाट विद्यार्थीहरूले आफ्नो उद्यमी क्षमता विकास गर्नुको साथसाथै उनीहरूलाई व्यापारको वास्तविक महत्व सिकाउने मुख्य लक्ष्य लिएको छ ।
उक्त कार्यक्रमबाट विद्यार्थीहरूले व्यवसायका लागि चाहिने बिजनेस प्रपोजल कसरी बनाउने, ऋण कसरी लिनेदेखि ब्यालेन्ससिट, मार्केटिङ, म्यानेजमेन्ट नेटवर्किङको बारेमा विस्तृतरूपमा बुझ्ने अवसर पाउनेछन् । यहाँ सिकेका कुरा आफ्नो व्यापार व्यवसायमा समेत लगाउनेछन् र कतिपय विद्यार्थीहरूले त यो बिजनेस आइडियालाई नै अगाडि बढाउने लक्ष्य लिएका छन् । यस कार्यक्रममा शिक्षक, शिक्षिका, विद्यार्थी, स्थानीय बासिन्दाको उल्लेखनीय उपस्थिति भएको थियो ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया