एनसेलको आकर्षक भ्वाइस प्याक
काठमाडौं । एनसेल आजियाटा लिमिटेडले ग्राहकहरूले अझै सुलभ दरमा सेवा लिन सक्ने गरी तीन अनलिमिटेड भ्वाइस प्याकहरू सञ्चालनमा ल्याएको जनाएको छ । अब एनसेलका सबै ग्राहकले नेपालका कुनै पनि मोबाइल नम्बरमा कल गर्न मिल्ने अनलिमिटेड अल–नेटवर्क र एनसेलकै नम्बरहरूमा कल गर्न मिल्ने अनलिमिटेड टकटाइमका प्याकहरूबाट फाइदा लिन सक्छन् । प्रिपेड र पोस्टपेड दुवै सेवाका ग्राहकले प्रयोग गर्न सक्ने यी अनलिमिटेड टकटाइम रहेका प्याकहरू जेठ ३२ गतेबाट सञ्चालनमा आएका हुन् । आफ्नो भ्वाइस सेवाको आवश्यकताअनुसार ग्राहकले एक दिने अल–नेट अनलिमिटेड भ्वाइस प्याक, एक दिने अन–नेट अनलिमिटेड भ्वाइस प्याक वा सात दिने समयसीमा रहेको अन–नेट अनलिमिटेड भ्वाइस प्याक लिन सक्छन् ।
एक दिने अल–नेट अनलिमिटेड प्याकअन्तर्गत ग्राहकले करसहित मात्र २५ रुपैयाँमा बिहान पाँच बजेदेखि साँझ पाँच बजेसम्म नेपालका कुनै पनि मोबाइल नेटवर्कका नम्बरहरूमा अनलिमिटेड भ्वाइस सेवाको फाइदा लिन सक्छन् । ग्राहकहरूले सजिलै एस्ट्रिक्स १७११८ एस्ट्रिक्स एक एष्ट्रिक्स पाँच ह्यास डायल गरी यो प्याक लिन सक्छन् । त्यसैगरी एस्ट्रिक्स १७११८ एस्ट्रिक्स ३ एस्ट्रिक्स ४ ह्यास डायल गरी एनसेलका अन्य नम्बरहरूमा २४ घन्टासम्म अनलिमिटेड कल गर्न सकिने एक दिने अन–नेट अनलिमिटेड टकटाइम करसहित मात्र ३० रुपैयाँमा सुचारु गर्न सक्छन् ।
एनसेलका अन्य नम्बरहरूमा कुराकानी गर्नका लागि धेरै टकटाइम आवश्यक भएका ग्राहकहरूले सात दिन समयावधि रहेको अन–नेट अनलिमिटेड प्याक लिन सक्छन् । यो प्याकको करसहित एक सय ५० रुपैयाँ पर्छ । ग्राहकले एस्ट्रिक्स १७११८ एस्ट्रिक्स ४ एस्ट्रिक्स ३ ह्यास डायल गरी यो प्याक सुचारु गर्न सक्छन् । आफ्ना ग्राहकहरूलाई सुलभ दरमा सेवा प्रदान गर्ने कम्पनीको प्रतिबद्धताअनुसार यी अनलिमिटेड भ्वाइस प्याकहरू ल्याइएको एनसेलले जनाएको छ । अल–नेट होस् वा अन–नेट जुनसुकै नेटवर्कमा सहजै सम्पर्कमा रहिरहन यी प्याकहरूले ठूलो महत्व राख्ने विश्वास एनसेलले राखेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया