क्लोजअपको फस्ट मुभ ‘नजिक आऊ’
काठमाडौं । क्लोजअप नेपालले फस्ट मुभ ‘नजिक आऊ’ डिजिटल क्याम्पेन सफलताका साथ सम्पन्न गरेको छ । युवाहरूमा आत्मविश्वासका साथ आफ्नो मनपर्ने व्यक्तिप्रति नजिक हुन प्रोत्साहन गर्नु यस क्याम्पेनको मुख्य उद्देश्य रहेको थियो ।
दाँतको स्वास्थ्यसम्बन्धी सामग्री उत्पादन गर्ने ब्रान्ड, क्लोजअपले युवाहरूमा आत्मविश्वास र सामिप्यता बढाउने उद्देश्य लिँदै आएको छ । सहभागीहरूको सकारात्मक प्रतिक्रियाका साथ यस अभियानमा २५ सय प्रयोगकर्ताले टिकटक भिडियो बनाएका छन् । यसले सोसल मिडिया प्ल्याटफर्महरूमा सकारात्मक ऊर्जा सिर्जना गरेको कम्पनीको दाबी छ । कम्पनीका अनुसार गायक सुशान्त केसीको रचना तथा गायन रहेको अभियानको थिम गीत, ‘नजिक आऊ’ ले दर्शकहरूमा गहिरो प्रभाव पारेको थियो । यस गीतले युट्युबमा २० लाख भ्युज र फेसबकु र इन्स्टाग्राममा कुल ७२ लाख भ्युज पाएको थियो । यस अभियानलाई ३७ जना सोसियल मिडिया इन्फ्लुयेन्सरको उत्साहजनक सहभागिताले अझ प्रभावशाली बनाउन मद्दत गरेको थियो ।
अभियानमा सहभागीमध्ये निमा याङ्ग्चेन ह्योल्मोले आफ्नो भिडियोमा सबैभन्दा धेरै भ्युज ३७ लाख पाएर बिजेता बनेकी छन् । उनले उपहार स्वरूप एक लाख रुपैयाँ नगद जितेको कम्पनीले जनाएको छ । यस्तै, ट्विन्स ब्रोडर फ्युजनले सात लाख ९३ हजार इन्गेजमेन्ट पाएर दोश्रो पुरस्कारस्वरूप ५० हजार रुपैयाँ प्राप्त गरेका छन् । साथै, आफ्नो नवीन र रचनात्मक क्षमता प्रदर्शन गरेका जस्टिन बोगटी, किशोर क्यामरबाबा र श्रुतिले तेस्रो पुरस्कार स्वरूप आफ्ना प्रियजनसँग रोमान्टिक स्पा डेट एक्स्पेरियन्स हासिल गरेका छन् । यसैगरी अन्य सहभागीहरूलाई सम्मान र प्रशंसाको प्रतीकको रूपमा क्लोजअपबाट आकर्षर्क गिफ्ट ह्याम्पर प्राप्त गरेका छन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया