Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगरोजगारीका लागि तालिम

रोजगारीका लागि तालिम


काठमाडौं । हुलास स्टिल–हिप्को सुपरबिल्ड स्टिल फ्याब्रिकेसन तालिम तथा रोजगार कार्यक्रमको लागि आवेदन फारम खुला भएको छ । नेपालको श्रम बजारको प्रमुख चुनौतीलाई समाधान गर्न बेलायत सरकारद्वारा सहयोगार्थ रोजगारका लागि सिप कार्यक्रमअन्तर्गत नेपालको लुम्बिनी र मधेश प्रदेशमा तालिम तथा रोजगार कार्यक्रमको लागि आवेदन फारम खुला भएको हो ।

यस कार्यक्रमले एक हजार तीन सय ४८ जनालाई श्रम बजारको मागअनुरूप तालिम र रोजगारी दिन लागेको बताइएको छ । यो कार्यक्रमलाई दिवाकर गोल्छा कर्पाेरेसनअन्तर्गत हुलास स्टिल उद्योग लिमिटेड र हिप्को सुपरबिल्डले संयुक्त रूपमा कार्यान्वयन गर्दै आएका छन् । साथै, यसलाई नेपाल उद्योग परिसंघ र मेक इन नेपाल (स्वदेशी) अभियानले साझेदारी गरेका छन् । तालिम एक हप्ताको हुने बताइएको छ । तालिम वीरगञ्ज महानगरपालिका वडा नं ३१ बेलवा परसौनीस्थित हिप्को सुपरबिल्डको कारखानामा दिन लागिएको हो । यो तालिम विशेष गरी स्टिल÷फलामका श्रमिक, महिला, अति निम्नआय भएका व्यक्ति र विपन्न वर्गलाई लक्षित गरिएको छ ।

तालिममा नेपाली नागरिकता भएका मधेश र लुम्बिनी प्रदेशमा बसोबास गरिरहेकाहरू सहभागी हुन सक्ने छन् । यो तालिम यही असारदेखि कार्तिकसम्म सञ्चालन हुनेछ । तालिमले निर्माण र निर्माण सामग्री उत्पादन गर्ने निजी क्षेत्रका कलकारखानाहरूलाई आफ्नो व्यवसायको मागअनुसारको दक्ष कामदार प्रदान गर्ने दाबी आयोजनकको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया