नयाँ अल्टिमा डाइनामाइट सार्वजनिक
काठमाडौं । अल्टिमा लाइफस्टाइलले आफ्नो स्पिकर वर्गअन्तर्गत नयाँ ‘अल्टिमा डाइनामाइट’ लिएर आएको छ । गाना सुन्ने सामान्य अनुभवलाई अझै परिस्कृत बनाउने परिकल्पनाका साथ अल्टिमाले नेपाली बजारमा सबै संगीतप्रेमीका लागि आफ्नो उच्च गुणस्तरको स्पिकर सार्वजनिक गरेको हो ।
हालै कम लागतको ब्लुटुथ कलिङ स्मार्टवाच ‘वाच म्याजिक’ले नेपालको ई–कमर्स लन्च इतिहासमा नयाँ कीर्तिमान कायम गर्न सफल भएको छ । नेपालको सबैभन्दा ठूलो ई–कमर्स प्लेटफर्म दराजबाट लन्च–डेमा मात्र २३० भन्दा बढी पिस वाच म्याजिक बिक्री गरेर स्मार्टवाचको बिक्रीमा नयाँ रेकर्ड कायम गरेको थियो । अल्टिमा डाइनामाइट स्पिकरले ११ घण्टासम्म राम्रो प्लेब्याक प्रदान गर्छ । साथै, यो सानो कम्प्याक्ट स्पिकरमा सबैभन्दा नयाँ–पुस्ताको ब्लुटुथ भी ५.० प्रविधि र एयुएक्स/माइक्रो एसडी कम्प्याटिबिलिटी प्रविधि जडित रहेको छ । यो स्पिकर असार ९ गतेदेखि सबै अनलाइन र अफलाइन माध्यमहरूमा उपलब्ध हुनेछ ।
यस्तै, अल्टिमाले नेपालको अग्रणी डिजिटल वालेट प्रदायक ‘खल्ती’सँग सबै अल्टिमा उत्पादनहरू बिक्री गर्नका लागि सहकार्य गरेको छ । अब ‘खल्ती बजार’बाट सबै अल्टिमाका उत्पादनहरू खरिद गर्न सकिन्छ । यस विशेष सहकार्यका लागि अल्टिमाले प्रि–बुकिङ अफर, उपहारलगायतका अन्य अफरहरू पनि सञ्चालन गरिरहेको छ । खल्तीका प्रयोगकर्ताले अब मात्र एक रुपैयाँमा अल्टिमा डाइनामाइटको प्रि–बुकिङ गर्न सक्नेछन् भने प्रि–बुकिङ गरेका सबै ग्राहकले मात्र एक हजार नौ सय ९९ रुपैयाँमा स्पिकर पाउनेछन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया