अब डिसहोममा नयाँ नेपाली चलचित्र हेर्न पाइने
काठमाडौं । वर्षभरि रिलिज भएका सर्वाधिक (सुपरहिट) सफल नेपाली चलचित्रहरू अब डिसहोममै हेर्न पाइने भएको छ । विभिन्न कारणवस हलसम्म गएर मन परेको नयाँ चलचित्र हेर्न छुटाएका दर्शकहरूले अब डिसहोममार्फत सपरिवार एकै साथ बसेर हेर्न सक्ने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार प्रेम गीत ३, छक्कापञ्जा ४, चिसो मान्छे, प्रकाश, कृष्णलीला, माइकल अधिकारी, नाई नभन्नु ल ६, प्रसाद २, झिँगे दाउजस्ता नयाँ र दर्शकले अत्यधिक रूचाएको चलचित्रहरू डिसहोम सिनेमाघर च्यानल नं. १०८ मा हेर्न सकिने छ । उक्त चलचित्रहरू दैनिक ८ सो बिहान १, ४, ७, १०, दिउँसो १, ४, साँझ ७ र राति १० बजे प्रदर्शन हुनेछन् । सिनेमाघर च्यानल नं. १०८ मा चलचित्र हेर्न डिसहोमको ग्राहक सेवा केन्द्रको फोन नं. १६६००१२२००० मा फोन गरेर, नजिकैको डिसहोम विक्रेता वा डिलरदाइमार्फत सेवा लिएर र आफ्नै मोबाइलबाट एसएमएस पठाएर चलचित्र हेर्न सकिन्छ । डिसहोमको यो प्रयासले सपरिवारसँगै तथा आफूले चाहेको समयमा नयाँ चलचित्र हेर्न सकिने छ । यस्तै, नेपाली चलचित्रप्रति दर्शकहरूको चासो र माया बढ्नुका साथै नेपाली चलचित्रको विकास तथा प्रवर्द्धनमा समेत टेवा पुग्नेमा कम्पनीले विश्वास लिएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया