उद्योग संगठन मोरङको एन्जल इन्भेस्टर नेटवर्क
विराटनगर । उद्योग संगठन मोरङले स्टार्टअप उद्यमलाई सुरुवाती लगानी व्यवस्थापनमा सघाउन विराटनगरमा एन्जल इन्भेस्टर नेटवर्कको स्थापना गरेको छ ।
संगठनले स्थापना गरेको एन्जल इन्भेस्टर्स नेटवर्कमा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालादेखि सुुनसरी मोरङ औद्योगिक कोरिडोरका उद्योगीहरूले आबद्ध हुने प्रतिबद्धता जनाएका छन् । विगत दुई वर्षदेखि सञ्चालनमा रहेको स्टार्टअप कार्यक्रममा व्यावसायिक विकासको सेवाअन्तर्गत बजारीकरण, बुट क्याम्प, हाटबजारलगायतका कार्यक्रम सञ्चालन गरिएको संगठनका अध्यक्ष राकेश सुरानाले जानकारी दिए । उनले संगठनको मेन्टरसिपमा रहेका स्र्टाटअपलाई लगानीमा पहुँच पु¥याउँदै वित्तीय व्यवस्थापनमा सहजीकरण गर्ने उद्देश्यले एन्जल इन्भेस्टर्स मिटको आयोजना गरिएको बताए । व्यावसायिक योजना भएर पनि लगानीका लागि बीउपुँजीको अभावमा व्यवसाय प्रारम्भ गर्नबाट बन्चित भएका व्यवसायलाई लगानीमा प्रोत्साहन गरी सकारात्मक वातावरण तयार गर्ने उनले बताए ।
विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्योग संगठन मोरङले सानो स्वरूपबाट सञ्चालनमा ल्याएको कार्यक्रमलाई महानगरपालिकाले आगामी दिनमा आफनो वार्षिक कार्यक्रममा समावेश गरी ठूलो स्वरूपमा लगेर युवाहरूलाई उद्यमशीलता विकासतर्फ अभिप्रेरित गर्ने प्रतिबद्धता जनाए । स्टार्टअप एन्ड इनोभेसन कार्यक्रमका संयोजक सुरेन्द्र गोल्छाले इन्भेस्टमेन्टका मोडालिटी र प्राविधिक विषयका सन्दर्भमा समितिले तयारी गरिरहेको जानकारी दिए । उनले यही सोमबार संगठनअन्तर्गतका १३ स्र्टाटअपले आफनो व्यवसायको पिचिङ गर्ने र आफूलाई उपयुक्त लागेको व्यवसायमा ईन्भेष्टरर्सको नेटवर्कमा रहेका लगानीकर्ताले लगानी गर्ने कार्यक्रम रहेको जानकारी दिए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया