बेनेली बाइकमा भारी छुट
काठमाडौं । केटीएम इन्टरनेसनल ट्रेडिङ प्रालिले इटलीमा निर्मित बेनेली मोटरसाइकलमा भारी छुट दिएर नयाँ मूल्य सार्वजनिक गरेको छ । आब २०८०/०८१ को नयाँ बजेटपश्चात् कम्पनीले शुक्रबारदेखि लागू हुनेगरी बेनेलीका चार मोडलका मोटरसाइकलको मूल्यमा ६० हजार रुपैयाँसम्मको छुट गरी बजारमा बिक्री गर्न लागेको जनाएको छ ।
कम्पनीका अनुसार बेनेली १८० एस र बेनेली १८० एस नियोनमा २५ हजार रुपैयाँ, बेनेली पेनेरिया १२५ मा ३५ हजार रुपैयाँ र बेनेली टीआरके २५१ मोडलमा ६० हजार रुपैयाँ छुट गरिएको छ । छुटपश्चात् बेनेली १८० एस र बेनेली १८० एस नियोनको मूल्य क्रमशः चार लाख २९ हजार नौ सय र चार लाख ३९ हजार नौ सय रहेको छ । यस्तै, बेनेली पेनेरिया १२५ को मूल्य दुई लाख ९९ हजार नौ सय र बेनेली टीआरके २५१ को मूल्य सात लाख ६४ हजार नौ सय तोकिएको छ । सन् १९११ देखि प्रचलित बेनेली इटालियन बाइक सबैको रोजाइ बन्न पुगेको छ । चालकहरूको रोजाइ र बजारको मागलाई ध्यानमा राखी नेपालमा केटीएम इन्टरनेसनल ट्रेडिङ प्रालिले २०१५ मा आयात सुरु गरेको थियो । अहिले बजारमा केटीएमले बेनेलीको १२५ सीसीदेखि ७५२ सीसीसम्मको मोटरबाइक बिक्रीवितरण गर्दै आएको छ । साथै, सुहाउँदो मूल्यमा मोटरसाइकल तथा पाटपुर्जाहरू सजिलै उपलब्ध गराउँदै आएको जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया