रिडी पावर कम्पनीको ५० प्रतिशत हकप्रद सेयर पारित
काठमाडौं । रिडी पावर कम्पनी लिमिटेडको विशेष साधारणसभाबाट ५० प्रतिशत हकप्रद सेयर पारित भएको छ । शुक्रबार नयाँ बानेश्वरको इन्द्रेणी कम्प्लेक्समा सम्पन्न विशेष साधारणसभाले उक्त हकप्रद सेयर पारित गरेको हो ।
कम्पनीले अब साझा पावर डेभलपमेन्ट प्राइभेट लिमिटेडले निर्माण गर्ने २० मेगावाट क्षमताको तल्लो बलेफी खोला जलविद्युत् आयोजनाको लागि १०० रुपैयाँ अंकित दरको एक कित्ता बराबर शून्य दशमलव ५० कित्ताको अनुपातमा ७७ लाख ४४ हजार पाँच सय छ कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । हाल कम्पनीको चुक्ता पुँजी ५८ करोड ५५ लाख ५८ हजार रहेको छ । हकप्रद सेयर निष्काशनपछि कम्पनीको अधिकृत पुँजी, जारी पुँजी र चुक्ता पुँजी वृद्धि हुने भएकाले सोहीबमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि सभाले पारित गरेको छ । कम्पनीलाई हकप्रद सेयर निष्काशनका लागि विद्युत् नियमन आयोगले वैशाख ३ गते अनुमति प्रदान गरिसकेको छ ।
विशेष साधारणसभामा रिडी पावरका अध्यक्ष सञ्जीव न्यौपानेले सेयरधनीको उच्च प्रतिफलका लागि आफूहरू लागि रहने बताए । यस्तै, कम्पनीका प्रबन्ध निर्देशक कुबेरमणि नेपालले २० मेगावाट क्षमताको तल्लो बलेफी खोला जलविद्युत् आयोजनाको बारेमा सेयरधनीलाई प्रष्ट पारेका थिए । कम्पनीले २० मेगावाट क्षमताको तल्लो बलेफी खोला जलविद्युत् आयोजनाको लागि प्रमोटर सेयरसमेत खुलाएको छ । यो कम्पनीको निर्माण सुरु भएको मितिबाट दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य कम्पनीले लिएको छ । बलेफी तल्लो खोला जलविद्युत् आयोजनामा चार सय ४० करोड लगानीमा बन्नेछ । यसमा कुमारी बैंकको अगुवाइमा ७५ प्रतिशत ऋण लगानी छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया