लुक्ला विमानस्थललाई फुर्सद !
सोलुखुन्बु । नेपालकै व्यस्त विमानस्थलमध्येका सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल लुक्ला फुर्सदिलो बनेको छ । पर्यटकीय सिजनमा दैनिक सयौँ उडान तथा अवतरण हुने लुक्ला विमानस्थलको उडान सिजन सकिएसँगै अहिले दैनिक २÷३ वटामा सीमित बनेको छ ।
पर्यटक सिजनमा चार सय १२ मुभमेन्टसम्म उडान भएको लुक्ला विमानस्थल जुन ७ तरिखबाट सुनसान नै बनेको नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाका प्रमुख महेश श्रेष्ठले जानकारी दिए । यात्रु नहुँदा विमान कम्पनीहरुले उडान तालिका नै घटाएका छन् भने भएका उडानमा समेत कार्गो बोक्नुपर्ने बाध्यता रहेको विमान कम्पनीहरू बताउँछन् । अहिले काठमाडांैबाट हुने दैनिक आउने एक/दुई विमानहरूले निर्माण सामग्री, खाद्यान्न, कपडालगायतका कार्गो बोकिरहेको प्राधिकरण प्रमुख श्रेष्ठले बताए ।
उडान घटेसँगै विमानस्थलका कर्मचारीहरुमा समेत फुर्सद मिलेकोे छ । सिजनमा एकैपटक धेरै उडान तथा अवतरण हुँदा भ्याइनभ्याइ हुने विमानस्थल कर्मचारीहरू समेत यतिखेर फुर्सदमा रहेका छन् । उपत्यका बाहिरका विमानस्थलमध्ये लुक्ला, पोखरा, सिमिकोट र नेपालगञ्जलाई नेपालको व्यस्त विमानस्थलको रूपमा परिचित छन् । सगरमाथा क्षेत्रमा पर्ने खुम्बुमा वर्षको दुई सिजन भदौ अन्तिमबाट मंसिर मध्यसम्म र चैतबाट जेठ अन्तिम सातासम्मलाई मुख्य पर्यटकीय सिजन मानिन्छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही
- स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयन
- चैनपुर सेतीसहित १४ वटा आयोजनाको विद्युत् अनुमतिपत्र जारी
- यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमय दर
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया