Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनबिल बैंकलाई इन्फोसिस फिनाकल इनोभेसन अवार्ड

नबिल बैंकलाई इन्फोसिस फिनाकल इनोभेसन अवार्ड


काठमाडौं । नबिल बैंकले इन्फोसिस फिनाकल इनोभेसन अवार्ड पाएको छ । एन बैंकको सुरुवातको लागि नबिल बैंकले प्रोडक्ट इनोभेसन विधाअन्तर्गत इन्फोसिस फिनाकल इनोभेसन अवार्ड अवार्ड जितेको हो । १० विधामा २०० भन्दा बढी मनोनयन भएकोमा नबिल बैंकले अवार्ड जितेको हो । यो अवार्ड बैंकले लिएको डिजिटल बैंकिङ र नवीनतम सोचको उपज रहेको नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्रप्रसाद ढुंगानाले बताए ।

यो अवार्डले अझै आफ्ना ग्राहक, कर्मचारी, लगानीकर्ता र बृहत् समुदायका लागि दिगो, सरल र उत्तम बैंकिङ सेवा ल्याउनेमा ऊर्जा थपेको उनले बताए । एन बैंक, बैंकमा ग्राहकको उपस्थितिविना नै डिजिटल बैंकिङ सेवा प्रदान गर्ने नेपालकै पहिलो मोबाइल बैंकिङ प्लेटफर्म हो । ग्राहकलाई कुनै पनि शाखामा भौतिक रूपमा नगई एन बैंकको सहयोगमा सेवा लिन सकिन्छ । यो अवार्डपछि बैंकलाई सिर्जनशील डिजिटल सेवामा उत्प्रेरित गरेको बैंकले जनाएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया