Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारफोन पेको नेटवर्कमा नमस्ते पे आबद्ध

फोन पेको नेटवर्कमा नमस्ते पे आबद्ध


काठमाडौं । निजी स्वामित्वको फोनपे र पहिलो सरकारी स्वामित्वको डिजिटल पेमेन्ट वालेट ‘नमस्ते पे’ बीच क्यु–आर भुक्तानी नेटवर्कमा आबद्ध हुनेसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवसकुमार सापकोटा र नमस्ते पेका प्रमुख कार्यकारी अधिकृत प्रवीणराज पोखरेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । कार्यक्रममा फोनपे र नमस्तेपेका प्रतिनिधि तथा सञ्चारकर्मीको उपस्थिति रहेको थियो । यो सम्झौतासँगै सबै नमस्तेपे प्रयोगकर्ताहरूले नेपालभरका १२ लाखभन्दा बढी फोनपे मर्चेन्टहरूमा फोनपे नेटवर्कमार्फत छिटो, सुरक्षित र सजिलोरूपमा क्यु–आर भुक्तानी गर्न सक्ने बताइएको छ ।

सम्झौतापत्रमा हस्ताक्षरपछि कार्यक्रममा बोल्दै फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवसकुमार सापकोटाले भने, ‘फोनपेको नेटवर्कमा नमस्तेपेलाई आधिकारिकरूपमा स्वागत गर्न पाउँदा हामी खुसी छौँ । अब नमस्तेपे प्रयोगकर्ताहरूले फोनपे क्यु–आरमार्फत पनि भुक्तानी गर्न सक्छन् । हामी विश्वस्त छौँ कि नमस्तेपेसँगको सहकार्यले डिजिटल भुक्तानीलाई नेपालमा प्रवर्द्धन गर्न थप मद्दत गर्नेछ ।’ सम्झौतापछि नमस्तेपेका प्रमुख कार्यकारी अधिकृत पोखरेलले फोनपे नेटवर्कलाई नेपालपेको भुक्तानी प्रणालीमा समेटी १२ लाखभन्दा बढी मर्चेन्टमा भुक्तानी गर्नेसम्बन्धी सेवा दिन पाउँदा आफूहरू उत्साहित भएको बताए । ‘हामी हाम्रा ग्राहकहरूलाई विभिन्न सुविधाहरु प्रदान गर्दै डिजिटल अनुभव सरल बनाउन सधंै प्रयासरत छौँ । यो सहकार्यले हाम्रा मूल्यवान ग्राहकलाई निर्बाध, सुरक्षित र सुविधाजनक कारोबार र सरल भुक्तानी अनुभव सुनिश्चित गर्दछ ।’


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया