Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसनी सेक्युरिटिजको सेयर तालिम

सनी सेक्युरिटिजको सेयर तालिम


काठमाडौं । सनी सेक्युरिटिजले पोखराको इन्फोम्याक्स कलेज अफ इन्फर्मेसन टेक्नोलोजी एन्ड म्यानेजमेन्टमा आधारभूत सेयर तालिम दिएको छ । मंगलबार आयोजना गरिएको सो कार्यक्रममा ४२ जनाको सहभागिता रहेको कम्पनीले जनाएको छ ।

तालिममा विशेषगरी सेयर बजारको परिचय, डिम्याट खाता खोल्ने र मेरो सेयरबाट प्राथमिक बजारमा आईपीओमार्फत लगानी गर्ने बारेमा तालिम दिइएको छ । कम्पनीको वित्तीय प्रतिवेदनका विभिन्न पक्षको जानकारी, असल कम्पनी छान्ने तरिका, सेयर बजारका फाइदा तथा जोखिमहरू, जोखिम न्यूनीकरणका उपाय तथा नेपालमा अनलाइन सेयर कारोबारको महत्व र यसबारे विशेष जानकारी समेटिएकाले तालिम प्रभावकारी भएको कम्पनीको दाबी छ । यो तालिम कम्पनीले आप्mनो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत गरेको हो ।

साथै, साइन्टिफिक विजनेश हव प्रालिका प्रमुख कार्यकारी अधिकृत तथा तालिमका मुख्य प्रशिक्षक उत्सव ढकालले, आर्थिक र वित्तीय क्षेत्रसम्बन्धी क्षमता अभिवृद्धि गर्ने, पुँजीलाई बुद्धिमानीपूर्वक व्यवस्थापन गर्ने र युवालाई आर्थिक पक्षमा सचेत गराउँदै आवश्यक क्षमता अभिवृद्धिमा सहयोग गरी समयसापेक्ष उचित वित्तीय निर्णयहरू लिन आवश्यक रहेकोले यो कार्यक्रमको आयोजना गरिएको कम्पनीले जनाएको छ । तालिम साइन्टिफिक बिजनेस हवको सहकार्यमा सम्पन्न भएको थियो । सेयर बजारको पर्याप्त आधारभूत ज्ञान नहुँदा लगानीकर्ताले ठूलो जोखिम ब्यहोर्नुपरेको अहिलेको अवस्थामा सेयर बजारको आधारभूत ज्ञानसहितका यस्ता कार्यक्रमहरू पुँजी बजारको दीर्घकालीन विकास तथा विस्तारमा समेत सहयोगी हुने कम्पनीको भनाइ छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया