खरेन्द्रपुरमा समृद्धि फाइनान्सको शाखा
काठमाडौं । समृद्धि फाइनान्सको तेह्रौं शाखा कपिलवस्तुको खरेन्द्रपुरमा खुलेको छ । सोमबार शिवराज नगरपालिकाका मेयर अजय थापा र समृद्धि फाइनान्सका सञ्चालक विनोदकुमार सुवेदीले शाखाको उद्घाटन गरे । कार्यक्रममा मेयर थापाले बैंकिङ सुविधा अत्यावश्यक रहेको सो क्षेत्रमा खुलेको फाइनान्सको शाखाले स्थानीयलाई सुविधा प्रदान गर्ने विश्वास व्यक्त गरे । संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत गोकर्णप्रसाद दुवाडीले संस्थाको परिचयका संस्थाले उपलब्ध गराउने सेवाको बारेमा प्रकाश पारेका थिए ।
कार्यक्रममा चन्दौटा उद्योग वाणिज्य संघका अध्यक्ष ईश्वरीप्रसाद पाण्डे, शिवराज नगरपालिका वडा नं. ३ का वडाध्यक्ष टेकलाल सापकोटा र वडा नं. ४ का वडाध्यक्ष नसिम अहमद खाँले खरेन्द्रपुर क्षेत्रमाबैकको आवश्यकता र महत्वको विषयमा आफ्नो धारण राखेका थिए । उनीहरूले यस क्षेत्रका धेरै बासिन्दालाई वित्तीय सेवाबारे जानकारी नभएको भन्दै सो विषयमा समेत कर्मचारीहरूले सहजीकरण गरिदिनुपर्नेमा जोड दिए । संस्थाका सञ्चालकले यस ठाउँका बासिन्दाहरुको आवश्यकताबमोजिम फाइनान्सले आफ्नो सेवालाई परिमार्जन गर्दै गुणस्तरीय सेवा दिनेमा विश्वस्त पारे ।
योसहित फाइनान्सको देशभर तेह्रवटा शाखा पुगेको छ । संस्थाको आईपीएस, कनेक्ट आईपीएस, रेमिट्यान्स, एसएमएस अलर्ट, क्लियरिङलगायतका सेवाहरू सञ्चालनमा रहेको छ । निक्षेपमा आकर्षक ब्याजदर कायम गरेको सो संस्थाले हायर पर्चेज कर्जा, घर कर्जा, विपन्न वर्ग कर्जा, व्यवसाय कर्जा, व्यक्तिगत कर्जालगायतका कर्जा प्रवाह गरिरहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- पशुपति गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक लाग्दैन: अदालत
- बजार परिसुचक २७ सय ४८ बिन्दुमा
- ‘सङ्घीय गणतान्त्रिक शासन प्रणाली सबैभन्दा उपयुक्त’
- जलवायु न्यायका लागि रस्साकस्सी
- लैङ्गिक हिंसा रोकथाम गर्न मन्त्रालयको सक्रियता
- ‘पूर्णबहादुरको सारङ्गी’ बन्यो सर्वाधिक कमाउने चलचित्र
- जनकपुरधामबाट अयोध्या तिलकमा २५१ जना जाने
- नारायणगढ–बुटवल सडक निर्माणमा भएको ढिलाइबारे प्रधानमन्त्रीको चासो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया