Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजार‘आईएमई पे’को पानी र बिजुलीमा क्यासब्याक योजना

‘आईएमई पे’को पानी र बिजुलीमा क्यासब्याक योजना


काठमाडौं । ‘आईएमई पे’ ले पानी र बिजुलीमा क्यासब्याकको वर्षा अफर सार्वजनिक गरेको छ । यो अफर असार १७ देखि असार २३ सम्म एक हप्ताका लागि चल्ने छ। यस अफरअन्तर्गत ग्राहकले आईएमई पेमार्फत पानीको बिल भुक्तानी गर्दा एक सय रुपैंयाँसम्म १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

एक हप्तामा ग्राहकले सो क्यासब्याक पटक–पटक प्रयोग गर्न पाउने छन् । साथै, ग्राहकवर्गले बिजुलीको बिल आईएमई पे मार्फत भुक्तानी गर्दा लाग्ने सेवा शुल्कमा छुट दिने भएको छ । सो क्यासब्याक एवम् छुट ग्राहकवर्गलाई आफ्नो घरायसी बिलहरू विद्युतीय माध्यममार्फत तिर्न प्रोत्साहन गर्ने उद्देश्यका साथ प्रदान गरिएको हो । ‘आईएमई पे’ले असार महिनामा मनसुनलाई लक्षित गर्दै सुरु गरेको ‘आईएमई पेमा क्यासब्याकको वर्षा’ नामक अभियानको यो निरन्तरता हो ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया