Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमुक्तिनाथ विकास बैंकद्वारा अस्पतालमा ह्विलचियर वितरण

मुक्तिनाथ विकास बैंकद्वारा अस्पतालमा ह्विलचियर वितरण


काठमाडौं । मुक्तिनाथ विकास बैंकले विभिन्न अस्पताललाई ह्विलचियर वितरण गरेको छ । सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत् यस्तो सहयोग गरेको हो । यसै सन्दर्भमा सामाजिक कार्यलाई प्रभावकारी बनाउन बैंकले मधेश प्रदेशका अस्पताललाई ह्विलचेयर वितरण गरेको छ ।

बैंकले मधेश प्रदेशस्थित मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रादेशिक अस्पताल जनकपुरधाम, चन्द्रनिगाहापूर अस्पताल, गजेन्द« नारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा बिरामीहरूको व्यवस्थापनका लागि आवश्यक पर्ने ह्विलचेयरहरू हस्तान्तरण गरेको छ । बैंकले यस कार्यबाट स्वास्थ्य क्षेत्रतर्फ आफ्नो सामाजिक प्रयास अघि सार्दै, उक्त अस्पतालमा आउने बिरामीलाई केही राहत पुग्ने बैंकको धारणा छ । यस सहयोगहरुबाट मुक्तिनाथ विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै, यस सहयोगबाट सेवा क्षेत्रका नागरिक र व्यक्तिको हितमा काम हुने विश्वास लिएको छ ।

साथै, बैंकले ‘मुक्तिनाथ विशिष्ट सहज कर्जा’ योजना अन्तर्गत दुई करोडसम्मको कृषि कर्जा, साना तथा मझौला व्यवसाय कर्जा, घर निर्माण÷खरिद कर्जा, अटो तथा हायरपर्चेज कर्जा, सेयर कर्जा, शैक्षिक कर्जा, जग्गा खरिद तथा अन्य व्यक्तिगत कर्जाहरू सम्पूर्ण आवश्यक कागजातहरू पूरा गरेको तीन कार्य दिनभित्र सर्वसुलभ ब्याजदरमा कर्जा प्रदान गर्दै आइरहेको छ र इच्छुक ग्राहकहरूले मोबाइल नम्बर ९८०१११००२३ मा मिस्ड कल गर्न वा बैंकको वेभसाइटमा गई अनलाइनमार्फत कर्जा आवेदन दिन सक्नेछन् ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया