प्रोग्रेसिभ फाइनान्सको सीईओमा अनिल श्रेष्ठ
काठमाडौं । प्रोग्रेसिभ फाइनान्स लिमिटेडको सञ्चालक समितिको बैंठकले यही असार १५ गते शुक्रबारदेखि लागू हुनेगरी अनिल श्रेष्ठलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ । समितिले चार वर्षका निम्ति उनलाई नियुक्त गरेको हो । विभिन्न वित्तीय संस्थाहरूमा २७ वर्ष लामो कार्यानुभव हासिल गरेका श्रेष्ठले झण्डै १३ वर्ष रिलायन्स फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतका रूपमा नेतृत्वदायी भूमिका निर्वाह गरिसकेका छन् ।
बैंक तथा वित्तीय क्षेत्रमा अनुभवी मानिएका श्रेष्ठले शंकरदेव क्याम्पसबाट स्नातकोत्तर उपाधि हासिल गरी युनिभरसिटी अफ क्यालिफोर्नियाबाट व्यावसायिक सञ्चार विषयमा तालिमसमेत लिएका छन् । वित्तीय जोखिम व्यवस्थापन तथा अनुपालनमा राम्रो अनुभव हासिल गरेका श्रेष्ठको नेतृत्वमा संस्थाले थप उचाइ हासिल गर्ने विश्वास फाइनान्सको सञ्चालक समितिले गरेको छ । श्रेष्ठले आफ्नो कार्यकालमा संस्थालाई अझ सबल, सक्षम र उत्कृष्ट बनाउन हरसम्भव प्रयास गर्ने बताउँदै यसका निम्ति सबै क्षेत्रबाट आवश्यक सहयोग पाउनु नै आफूहरूको उद्देश्य रहेको बताए ।
एटीएम, मोबाइल बैंकिङ, इ–बैंकिङ, आईपीएस, कनेक्ट आईपीएस, क्यूआर पेमेन्ट, सी आस्वा, डीम्याटलगायत प्रविधिमा आधारित आधुनिक डिजिटल बैकिङ तथा रेमिट्यान्स सेवाहरूको उपलब्धता रहेको यस प्रोग्रेसिभ फाइनान्सले हाल २२ वटा शाखा तथा चारवटा विस्तारित काउन्टरमार्फत सम्पूर्ण बैकिङ सेवाहरू प्रवाह गरिरहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- पशुपति गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक लाग्दैन: अदालत
- बजार परिसुचक २७ सय ४८ बिन्दुमा
- ‘सङ्घीय गणतान्त्रिक शासन प्रणाली सबैभन्दा उपयुक्त’
- जलवायु न्यायका लागि रस्साकस्सी
- लैङ्गिक हिंसा रोकथाम गर्न मन्त्रालयको सक्रियता
- ‘पूर्णबहादुरको सारङ्गी’ बन्यो सर्वाधिक कमाउने चलचित्र
- जनकपुरधामबाट अयोध्या तिलकमा २५१ जना जाने
- नारायणगढ–बुटवल सडक निर्माणमा भएको ढिलाइबारे प्रधानमन्त्रीको चासो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया