२९ अर्ब ६६ करोड रुपैयाँ आन्तरिक ऋण उठाउँदै सरकार
काठमाडौं । सरकारले फेरि २९ अर्ब ६६ करोड रुपैयाँबराबरको आन्तरिक ऋण उठाउने भएको छ । नेपाल राष्ट्र बैंकले ट्रेजरी बिल बिक्रीमार्फत २९ अर्ब ६६ करोड ६५ लाख ५० हजार रुपैयाँबराबरको ऋण उठाउन लागेको हो । ट्रेजरी बिलमा सोमबार दिउँसो तीन बजेसम्म बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकका अनुसार आज (सोमबार) अपराह्न तीन बजेसम्म बोलकबोलको माध्यमद्वारा उक्त परिमाणमा ट्रजरी बिल बिक्री गरिनेछ । कुल २९ अर्ब ६६ करोड ६५ लाख ५० हजार रुपैयाँका ट्रेजरी बिल बोलकबोल हुने भए पनि २४ अर्ब ६६ करोड ६५ लाख ५० हजार रुपैयाँबराबरको ट्रेजरी बिल पुरानो बिक्री गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ । बाँकी पाँच अर्ब रुपैयाँ नयाँ ट्रेजरी बिल बिक्री गरी उठाउने छ । ट्रेजरी बिल असार १८ गते मंगलबारदेखि जारी हुनेछ । ट्रेजरी बिल खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूले बोलकबोल पेस गर्न सक्नेछन् ।
राष्ट्र बैंकले २८ दिन अवधिको आठ अर्ब, ९१ दिन अवधिको सात अर्ब ७५ करोड, एक सय ८२ दिन अवधिको पाँच अर्ब र तीन सय ६४ दिन अवधिको आठ अर्ब ९१ करोड ६५ लाख ५० हजार रुपैयाँको ट्रेजरी बिल निष्काशन गरेको हो । जसमध्ये एक सय ८२ दिन अवधिको पाँच अर्ब रुपैयाँको टे«जरी बिल नयाँ रहेको छ भने बाँकी सबै पुरानो नवीकरण हुनेछ ।
राष्ट्र बैंकका अनुसार २८ दिन अवधिको ट्रेजरी बिल २०८० साउन १६ गते परिपक्व हुनेछ भने ९१ दिन अवधिको २०८० असोज १६ गते, एक सय ८२ दिन अवधिको २०८० पुस १७ गते र तीन सय ६४ दिन अवधिको २०८१ असार १९ गते परिपक्व हुनेछ ।
क्याटेगोरी : बिबिध, बैंक बित्त बजार
ट्याग : #page 2
ताजा अपडेट
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
- चार महिनामा साढे चार खर्ब व्यापार घाटा
- ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ?
- समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिइन्न : महासचिव चन्द
- कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते
- इन्भेष्टमेन्ट कम्पनीको शेयर कारोबारसम्बन्धी नयाँ प्राबधान
- काठमाडौँमा शनिबार तीन शव भेटिए
- चिनियाँ दूतावासद्वारा ‘क्षत्रपाटी निःशुल्क चिकित्सालय’ लाई विद्युतीय सवारी हस्तान्तरण
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया