Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारइन्भेष्टमेन्टको लुम्बिनी प्रदेशमा नयाँ एक्सटेन्सन काउन्टर

इन्भेष्टमेन्टको लुम्बिनी प्रदेशमा नयाँ एक्सटेन्सन काउन्टर


काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडले आइतबारदेखि अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । पालिकाको वडा नं २ स्थित बल्कोटमा नयाँ एक्सटेन्सन काउन्टर खुलेको हो । योसँगै लुम्बिनी प्रदेशमा बैंकको चारवटा एक्सटेन्सन काउन्टर भएको छ । छत्रदेव गाउँपालिकाका अध्यक्ष चन्द्रमान श्रेष्ठ र बैंकका अर्घाखाँची शाखा प्रमुख लक्ष्मण क्षेत्रीले संयुक्तरूपमा काउन्टरको उद्घाटन गरे ।

उद्घाटन गर्दै अध्यक्ष श्रेष्ठले आर्थिक कारोबार अब बैंकमार्फत नै हुने भएकाले त्यस क्षेत्रका बासिन्दालाई सहज हुने बताए । कार्यक्रममा छत्रदेव गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष शंखर पाण्डे, सोही वडाका पूर्ववडाध्यक्ष राजेशकुमार पन्थी, वडा नम्बर ३ का वडाध्यक्ष तेजप्रसाद खनाललगायत स्थानीय बुद्धिजीवी तथा सर्वसाधारणको उपस्थिति रहेको थियो ।

उद्घाटनपछि बैंकको अर्घाखाँची शाखाले सेवाग्राहीलाई एक्सटेन्सन काउन्टरमार्फत बैंकले प्रभावकारी सेवा दिने बताएको छ । एक्सटेन्सन काउन्टरमार्पmत सेवा र सञ्जाल विस्तार गर्ने नीति अनुरूप यसअघि पनि विभिन्न स्थानमा एक्सटेन्सन काउन्टर विस्तार गरिसकेको बैंकले जनाएको छ । हाल बैंकले दुई सय ९६ शाखा कार्यालय र ६२ वटा एक्सटेन्सन काउन्टरमार्फत सुविधा दिँदै आएको जानकारी दिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया