Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनयाँ सारथी र विजय लघुवित्तलाई मर्जरको अन्तिम स्वीकृति

नयाँ सारथी र विजय लघुवित्तलाई मर्जरको अन्तिम स्वीकृति


काठमाडौं । नयाँ सारथी लघुवित्त वित्तीय संस्था र विजय लघुवित्त वित्तीय संस्थाले एक आपसमा मर्जरका लागि अन्तिम स्वीकृति पाएका छन् । नेपाल राष्ट्र बैंकले यही असार १५ गते मर्जरको लागि अन्तिम स्वीकृति दिएको हो ।

राष्ट्र बैंकबाट मर्जरको लागि अन्तिम स्वीकृति पाएका यी दुई संस्थाले कम्पनी रजिस्ट्रार्डको कार्यालयबाट पनि मर्जरको लागि स्वीकृति पाएपश्चात एकीकृत कारोबार सञ्चालन गर्ने तयारी गरिरहेका छन् ।

नवलपरासीको गैंडाकोटमा रहेको विजय लघुवित्त र काभ्रेको धुलिखेलमा रहेको नयाँ सारथी लघुवित्त वित्तीय संस्था मर्जर भएपश्चात् राष्ट्रियस्तरको विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको नाउँबाट एकीकृत कारोबार सुरु हुने छ । मर्जरका लागि दुवै संस्थाबीच एक बराबर एकको स्वाप रेसियो कायम भएको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया