Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसमाज लघुवित्तको लाभांश घोषणा

समाज लघुवित्तको लाभांश घोषणा


काठमाडौं । समाज लघुवित्त वित्तीय संस्थाले १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । स्वस्तिक लघुवित्त वित्तीय संस्थासँग मर्जर प्रक्रियामा रहेको उक्त संस्थाले गत आर्थिक वर्षको खुद मुनाफामध्येबाट उक्त अनुपातमा लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

घोषित लाभांशमध्येमा १४ दशमलव २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि शून्य दशमलव ७५ प्रतिशत नगद रहेको छ । लाभांंश वितरणसम्बन्धी सञ्चालक समितिले गरेको निर्णय नेपाल राष्ट्र बैंकको स्वीकृति एवं संस्थाको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउने छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया