एनएमबी क्यापिटलको एसआईपी योजना
काठमाडौं । एनएमबी क्यापिटल लिमिटेडको सिस्टमेटिक इन्भेस्टमेन्ट प्लान (एसआईपी)अन्तर्गत इकाइधनीहरूले अब एकपटक सेटअप गरेको आधारमा भुक्तानी सेड्युल गरी एसआईपीमा लगानी गर्न सक्ने भएका छन् । एनएमबी क्यापिटल र एनसीएचएलबीच भएको सम्झौताअनुसार एनएमबी क्यापिटलका इकाइधनीहरूले एसआईपीमा आफ्नो मासिक वा त्रैमासिक लगानी गर्दा, लगानी गर्ने रकम एकपटक अनलाइन इ–म्यान्डेटमार्फत भरी लगानी रकम तोकिएको समय अन्तरालमा स्वचालितरूपमा भुक्तानी गर्न सक्नेछन् ।
एनएमबी क्यापिटलको एसआईपीअन्तर्गत खुलामुखी योजनाअनुसार मासिक वा त्रैमासिकरूपमा निश्चित रकम लगानी गर्न सकिन्छ । लगानीको बानी विकास गर्ने गरी, स–सानो रकमको लगानी समेतमा कम्पाउन्डिङ रिटर्नको लाभ लिन मिल्ने गरी एसआईपीमा लगानी गर्न सकिन्छ । आफूले चाहेअनुसार लगानी रकम र समय अवधि थपघट गर्न सकिने हुँदा, एसआईपीमार्फत् लगानी गर्नेहरूको संख्या उल्लेख्य वृद्धि हुँदै गएको देखिन्छ ।
एसआईपीसम्बन्धी थप जानकारी र लगानीका लागि कम्पनीको वेभसाइटमा गई एसआईपीमा आबद्ध हुन वा भुक्तानी गर्न सकिन्छ । साथै, उक्त लगानी गर्न इ–म्यान्डेटको प्रयोगले अब ग्राहकलाई पटकपटक भुक्तानी समय सम्झिने झन्झटबाट समेत मुक्त गर्ने अपेक्षा गरिएको छ । एनसीएचएलले सञ्चालन गर्दै आएको रिटेल पेमेन्ट स्वीचअन्तर्गत डाइरेक्ट डेबिट भुक्तानी उपकरणको इ–म्यान्डेटमार्फत कुनै पनि किसिमको सेड्युल पेमेन्टलाई एकपल्टको सेटअपको आधारमा अटोमेट गर्न सकिन्छ । डाइरेक्ट डेबिट इ–म्यान्डेट प्रयोग गरी विभिन्न सेवा प्रदायक संस्था तथा निकायले उक्त भुक्तानी उपकरण प्रयोग गरी विभिन्न सेवा प्रदायक संस्था तथा निकायले उक्त भुक्तानी उपकरण प्रयोगमा ल्याउने क्रम जारी रहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- दार्चुलामा जीप दुर्घटना, छ जनाको घटनास्थलमै मृत्यु
- छुर्पीको अनिवार्य गुणस्तरसम्बन्धी मापदण्डको प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरिने
- शुक्रबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
- पशुपति गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक लाग्दैन: अदालत
- बजार परिसुचक २७ सय ४८ बिन्दुमा
- ‘सङ्घीय गणतान्त्रिक शासन प्रणाली सबैभन्दा उपयुक्त’
- जलवायु न्यायका लागि रस्साकस्सी
- लैङ्गिक हिंसा रोकथाम गर्न मन्त्रालयको सक्रियता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया