महालक्ष्मी विकास बैंकद्वारा छात्रवृत्ति प्रदान
काठमाडौं । महालक्ष्मी विकास बैंकले छात्रवृत्तिबापतको रकम प्रदान गरेको छ । बैंकले कर्णाली प्रदेश पर्यटकीय तथा सांस्कृतिक संरक्षण केन्द्रलाई कालीकोट जिल्लाका पाँच विद्यार्थीहरूको प्लस टू वा डिप्लोमा अध्ययनमा सहयोग पु-याउनका लागि दुई लाख ६० हजार रुपैयाँ बराबरको छात्रवृति प्रदान गरेको हो ।
बैंकले कालीकोट जिल्लाका सरकारी विद्यालयबाट एसईई उत्तीर्ण गरी काठमाडौं वा अन्य जिल्लामा थप अध्ययन गर्न इच्छुक विपन्न तथा कमजोर आय भएकाहरूलाई छात्रवृत्ति प्रदान गरेको हो । यस्तो छात्रवृत्ति कक्षा ११ र सीटीईभीटीअन्तर्गत डिप्लोमा अध्ययन गरिरहेका विद्यार्थीलाई प्रदान गरिएको हो ।
बैंकको निक्षेप बजारीकरण तथा संस्थागत सम्पर्क विभागका प्रमुख बसन्त बक्सीले कर्णाली प्रदेश पर्यटकीय तथा सांस्कृतिक संरक्षण केन्द्रका अध्यक्ष टेकराज शाहीलाई चेक हस्तान्तरण गरेका हुन् । बैंकले वागिश्वरी मावि, भक्तपुरमा अध्ययनरत दत्त कठायत, लोयल्टी एकेडेमी, बुढानीलकण्ठमा अध्ययनरत ईश्वरी शाही, भैरव मावि, सुर्खेतमा अध्ययनरत भावना शाही, बे्रन ल्याण्ड एकेडेमी, बुढानीलकण्ठमा अध्ययनरत सृष्टि शाही र रिलायन्स इन्टरनेसनल एकेडेमी, चाबहिलमा अध्ययनरत सृष्टिकुमारी शाहीलाई जनही पचास हजार बराबरको छात्रवृत्ति उपलब्ध गराएकोे हो ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- पशुपति गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक लाग्दैन: अदालत
- बजार परिसुचक २७ सय ४८ बिन्दुमा
- ‘सङ्घीय गणतान्त्रिक शासन प्रणाली सबैभन्दा उपयुक्त’
- जलवायु न्यायका लागि रस्साकस्सी
- लैङ्गिक हिंसा रोकथाम गर्न मन्त्रालयको सक्रियता
- ‘पूर्णबहादुरको सारङ्गी’ बन्यो सर्वाधिक कमाउने चलचित्र
- जनकपुरधामबाट अयोध्या तिलकमा २५१ जना जाने
- नारायणगढ–बुटवल सडक निर्माणमा भएको ढिलाइबारे प्रधानमन्त्रीको चासो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया