इङवा हाइड्रोपावर र पीसीएसबीच सम्झौता
काठमाडौं । इङवा हाइड्रोपावर लिमिटेड र प्रोफेसनल कम्युटर सिस्टम प्रालि (पीसीएस)बीच सेयर व्यवस्थापन प्रणाली कार्यान्वयन गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतापत्रमा हाइडोपावरका प्रमुख कार्यकारी सञ्चालक सतिस न्यौपाने, सेयर विभाग प्रमुख सुजन अधिकारी र पीसीएसका प्रमुख कार्यकारी अधिकृत मोहम्मद इल्ताफ हुसैन अन्सारी तथा प्रमुख बजार व्यवस्थापक किर्तनराज दाहालले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार पीसीएसले उपलब्ध गराउने प्रणालीबाट हाइड्रोपावरको सेयर व्यवस्थापन हुनेछ । यो प्रणाली लागू भएपछि हाइड्रोपावरले वितरण गर्ने लाभांशको हिसाब गर्न, बाँडफाँट गर्न सहज हुने बताइएको छ ।
सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा हाइड्रोपावरका सञ्चालक सञ्जीव न्यौपाने, लेखा अधिकृत तथा कम्पनी सचिव गोकुल पाण्डे र प्राविधक शाखा प्रमुख आशीष फुयाँल र पीसीएसका प्रमुख बजार व्यवस्थापक दाहालसहित सन्तोष श्रेष्ठको उपस्थिति थियो । पीसीएसले अहिलेसम्म एक सय ३० भन्दा धेरै सूचीकृत कम्पनीहरूको सेयर व्यवस्थापनका लागि सफ्टवेर उपलब्ध गराउँदै आएको छ ।
नौ दशमलव सात मेगावाटको इङवा हाइड्रोपावर लिमिटेड पाँचथर जिल्लामा अवस्थित छ । गत वैशाखमा सर्वसाधारणका लागि सेयर निष्काशन गरेको हाइड्रोपावरको भौतिक प्रगति ९५ प्रतिशतभन्दा बढी भइसकेको छ । आगामी मंसिरभित्र विद्युत् उत्पादन सुरु गर्ने तयारीसहित काम भइराखेको कम्पनीले जनाएको छ । एक अर्ब ९५ करोड लगानीमा निर्माण भइरहेको आयोजनामा ग्लोबल आईएमई बैंकको प्रमुख लगानी छ ।
हाइड्रोपावरले गत वैशाखमा स्थानीय, वैदेशिक रोजगारीमा रहेका नेपाली, कम्पनीका कर्मचारी, म्युचुअल फण्ड कम्पनीहरू र सर्वसाधारणलाई कुल ३० प्रतिशत सेयर निष्काशन गरेको थियो । अहिले हाइड्रोपावरको साधारण सेयर निष्काशन तथा बाँडफाटको सबै प्रक्रिया पूरा गरी धितोपत्र बजारमा सूचीकृत भई दोस्रो बजारमा कारोबार भइराखेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- पशुपति गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक लाग्दैन: अदालत
- बजार परिसुचक २७ सय ४८ बिन्दुमा
- ‘सङ्घीय गणतान्त्रिक शासन प्रणाली सबैभन्दा उपयुक्त’
- जलवायु न्यायका लागि रस्साकस्सी
- लैङ्गिक हिंसा रोकथाम गर्न मन्त्रालयको सक्रियता
- ‘पूर्णबहादुरको सारङ्गी’ बन्यो सर्वाधिक कमाउने चलचित्र
- जनकपुरधामबाट अयोध्या तिलकमा २५१ जना जाने
- नारायणगढ–बुटवल सडक निर्माणमा भएको ढिलाइबारे प्रधानमन्त्रीको चासो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया