Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिटिजन्स बैंकका ग्राहकलाई छुट

सिटिजन्स बैंकका ग्राहकलाई छुट


काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकलाई विभिन्न संस्थामा विशेष छुट दिलाउनेगरी सम्झौता गरेको छ । ग्राहकलाई आकर्षक सुविधा उपलब्ध गराउने नीतिअनुसार बैंकले विभिन्न संघसंस्थासँग सम्झौता गरी छुट अफर ल्याएको हो । सम्झौतापश्चात् सिटिजन्स बैंकका ग्राहकले ती संस्थाका विभिन्न सेवामा विशेष छुट प्राप्त गर्न सक्ने छन् ।

बैंकका ग्राहकहरूले निजगढ, बारामा अवस्थित निजगढ बर्गर हाउस एन्ड क्रन्ची चिकेन, नेपाल फेन्सी स्टोर, फायरउड सेकुवा एन्ड तन्दुरी भान्सा घर र किड्स कलेक्सनमा १० प्रतिशतसम्मको विशेष छुट पाउने छन् । बैंकले डिजिटल बैंकिङ माध्यमहरूको प्रयोगलाई बढाउन र ग्राहकहरूलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समयसमयमा ग्राहकमैत्री सुविधाहरू सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुटसम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 7

तपाईको प्रतिक्रिया