Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारबैंकर्स संघ र जीवन बीमक संघबीच सम्झौता

बैंकर्स संघ र जीवन बीमक संघबीच सम्झौता


काठमाडौं । नेपाल बैंकर्स संघ र जीवन बीमक संघ नेपालबीच सम्झौता भएको छ । बैंक तथा बीमा क्षेत्रबीच आपसी समन्वय स्थापना गरी एक आपसमा तथ्याङ्क, सूचना तथा जानकारी आदान प्रदान गर्नेलगायत विषयमा सम्झौता भएको हो ।

सम्झौता पत्रमा बैंकर्स संघका अध्यक्ष सुनिल केसी र बीमक संघका अध्यक्ष पोषकराज पौडेलले हस्ताक्षर गरेका छन् । सम्झौतामा नीतिगत तहका विषयमा अध्ययन अनुसन्धान गर्ने तथा पारस्परिक लाभका विषयको पहिचान गरी अघि बढ्ने उल्लेख छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया