पुँजीबजार फोरमको सदस्यमा सागर ढकाल
काठमाडौं । पुँजीबजार फोरमको सदस्यमा सागर ढकाल चयन भएका छन् । धितोपत्र ब्रोकर एसोसिएसन नेपालका अध्यक्षसमेत रहेका ढकाल नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतको पुँजीबजार फोरमको सदस्यमा चयन भएका हुन् ।
नेपालको पुँजी बजारमा डेढ दशकभन्दा बढीको अनुभव हासिल गरेका ढकाललाई फोरमको सभापति शैलेन्द्र गुरागाईँको सिफारिसमा महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले नियुक्त गरेका हुन् । लामो समयदेखि नेपालको पुँजीबजारलाई नजिकबाट बुझेका ढकालको नियुक्तिसँगै आगामी दिनमा पुँजीबजारलाई सुदृढ गर्दै सशक्तरूपमा अघि बढाउन मद्दत पुग्ने महासंघको विश्वास छ । ढकाल केही दिनअघि धितोपत्र बोर्ड र नेपाल स्टक एक्स्चेञ्जबाट सञ्चालन अनुमति पाएको हिमालयन ब्रोक्रेज (ब्रोकर नम्बर ६३) को अध्यक्ष पनि हुन् ।
संसद्को अर्थ समितिले तत्काल ब्रोकर लाइसेन्स रोक्ने निर्णय गरेको अवस्थामा ढकालले सो समितिअन्तर्र्गतका हरेक सांसदलाई भेटेर पुँजीबजारको दायरा र नयाँ ब्रोकरको सम्बन्धमा वास्तविकता बुझाएर सबैलाई नयाँ ब्रोकर लाइसेन्स दिलाउन पहल गरेका थिए ।
ढकालसँग हालसम्म आधा दर्जन वित्तीय संस्थामा सञ्चालकको रूपमा काम गरेको अनुभव छ । व्यवस्थापनमा स्नातकोत्तर गरेका ढकाल कानुन विषयमा समेत जानकार छन् । हाल उनी पाटन उच्च अदालतका बारको कार्यकारी सदस्यसमेत छन् । आफू पुँजीबजार फोरमको सदस्य भएसँगै आगामी दिनमा लगानीकर्ताको मनोबल उकास्दै नेपालको सेयरबजारलाई थप सुदृढ र विश्वसनीय बनाएर अघि बढाउन पहल गर्ने बताए । ‘हितग्राही खाताको आधारमा ५६ लाखभन्दा बढी लगानीकर्ता आबद्ध रहेको सेयरबजार अहिले शिथिल भएको छ,’ उनले भने, ‘आगामी दिनमा लगानीकर्ताको मनोबल उच्च बनाउँदै सेयरबजारको वृद्धि र विकासमा लाग्नेछु ।’ जोय ग्रुपका अध्यक्ष रहेका ढकालको एक दर्जनभन्दा बढी कम्पनीमा लगानी छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- पशुपति गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक लाग्दैन: अदालत
- बजार परिसुचक २७ सय ४८ बिन्दुमा
- ‘सङ्घीय गणतान्त्रिक शासन प्रणाली सबैभन्दा उपयुक्त’
- जलवायु न्यायका लागि रस्साकस्सी
- लैङ्गिक हिंसा रोकथाम गर्न मन्त्रालयको सक्रियता
- ‘पूर्णबहादुरको सारङ्गी’ बन्यो सर्वाधिक कमाउने चलचित्र
- जनकपुरधामबाट अयोध्या तिलकमा २५१ जना जाने
- नारायणगढ–बुटवल सडक निर्माणमा भएको ढिलाइबारे प्रधानमन्त्रीको चासो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया