Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारप्रभु महालक्ष्मी लाइफको सीईओमा भट्टराई नियुक्त

प्रभु महालक्ष्मी लाइफको सीईओमा भट्टराई नियुक्त


काठमाडौँ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा रमेशकुमार भट्टराई नियुक्त भएका छन् । बीमा प्राधिकरणले स्वीकृति दिएको दिएसँगै उनको नियुक्तिले वैधानिकता पाएको हो । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड र महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको एकीकृत कारोबार यही असार २९ गते हुने निर्णय भइसकेको छ ।

दुवै कम्पनीबीचमा २०७९ असार ३० गते मर्जरको प्रारम्भिक सहमति र २०८० जेठ ३ गते अन्तिम सहमति भएको थियो । दुवै सम्झौतामा महालक्ष्मीका सीईओ भट्टराईलाई मर्जरपछिको आगामी चार वर्षका लागि सीईओ नियुक्त गर्ने सहमति भएको थियो । सहमतिलाई प्रभु र महालक्ष्मी लाइफको जेठ २६ गते भएको वार्षिक साधारणसभाले अनुमोदन गरेपछि फाइल प्राधिकरणमा पुगेको थियो । अहिले प्राधिकरणले उनको नियुक्तिलाई अनुमोदन गरेको हो ।

व्यवस्थापनमा स्नातकोत्तर र कानुनमा स्नातक गरेका भट्टराई महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको स्थापनाकालदेखिको प्रमुख कार्यकारी अधिकृत हुन् । २०३८ सालमा नेपाल बैंक लिमिटेडको अधिकृतबाट बैकिङ करिअर प्रारम्भ गरेका उनी विगत ४२ वर्षदेखि बैंक र बीमा क्षेत्रमा निरन्तर सेवारत छन् ।

२०५२ मंसिर १५ गते वीरगञ्जमा स्थापित महालक्ष्मी फाइनान्स लिमिटेडमा प्रथमपटक उनी संस्थापक प्रमुख कार्यकारी अधिकृतको रूपमा नियुक्त भएका थिए । त्यसपछि निरन्तर नेपाल लाइफ इन्स्योरेन्स, एसियन लाइफ इन्स्योरेन्स, महालक्ष्मी विकास बैंक लिमिटेड र महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत भई काम गरिसकेका भट्टराई विगत २८ वर्षदेखि नेतृत्वदायी भूमिकामा रहेका छन् । उनले कार्यरत सबै कम्पनीलाई सफल नेतृत्व प्रदान गरेकाले प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडलाई पनि उचाइमा पु-याउने विश्वास कम्पनीले लिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया