‘लघुवित्तले लक्ष्य बिर्सिँदा चुनौती थपियो’
काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले लघुवित्त संस्थाले लक्ष्य बिर्सन नहुने बताएका छन् । साना किसान विकास लघुवित्त वित्तीय संस्था र आरएमडीसी लघुवित्त वित्तीय संस्थाको एकीकृत कारोबार शुभारम्म समारोहमा बोल्दै मन्त्री महतले यस्तो बताएका हुन् । कार्यक्रममा उनले भने, ‘मर्जरपछि यसको क्षमता र सेवा दिने लक्ष्य अझ घनिभूत हुनेछ ।’
मन्त्री महतले नुवाकोटको तुप्चे र धनुषाको महेन्द्रनगरबाट सुरु भएको साना किसान विकास लघुवित्त अहिले देशैभर फैलिएकोमा खुसी लागेको भन्दै साना किसानको लागि यस्ता लघुवित्तको भूमिका महत्वपूर्ण रहेको बताए । ‘१२ लाख साना किसान परिवार सहकारीमार्फत् सेवा प्राप्त गरिरहेका छन् । यो ठूलो संख्या हो । ४५ अर्ब र सहकारी आफैँले सञ्चालन गरेको स्थानीय वित्तीय श्रोतबाट ६७ अर्ब रुपैयाँ किसानलाई आवश्यक सेवा दिएको जानकारी प्राप्त भएको छ ।’ उनले भने ‘८० प्रतिशत यसमा महिला सहभागी हुनुहुन्छ, आदिवासी जनजातिको ३८ प्रतिशत, दलितको संख्या ११ प्रतिशत रहेको तथ्याङ्क छ ।’ सरकारको गरिबी निवारणको लक्ष्य, सन् २०३० सम्म दिगो विकासको लक्ष्यमा पुग्ने भनिरहेका अवस्थामा त्यसका धेरै सूचांकहरुमध्ये एउटा गरिबी हटाउने महत्वपूर्ण लक्ष्यलाई यो साना किसान लघु वित्तीय संस्थाले ठूलो भूमिका खेल्नेमा मन्त्री महतले विश्वास व्यक्त गरे । वित्तीय संस्थामा समस्या देखिएको भन्दै उनले सहकारी संस्था देशैभरि विस्तार हुँदा यसले स्थानीयस्तरमा वित्तीय सुविधा पु¥याउन भूमिका खेल्ने बताए । ‘सरोकारवालाकै नियन्त्रणमा संस्था हुन्छ भन्ने हाम्रो ठम्याइ हो । तर, यसले ठूलो आकार लियो’ मन्त्री महतले भने ‘यसको सरोकारवालाबाट व्यवस्थापक टाढा भए । जसले गर्दा सहकारी र लघुवित्तमा समस्या आयो ।’
साना किसान लघुवित्त वित्तीय संस्था यो समस्याबाट टाढा हुनेमा महतले विश्वास व्यक्त गरे । स्वाभाविकरूपमा साना किसानलाई यसले सेवा दिने भएकाले अहिलेको चुनौती भनेको यसको ब्याज रहेको बताए । मन्त्री महतका अनुसार साना किसानको जीवनस्तर उठाउनुपर्ने लघुवित्तको लक्ष्य हो । सरकारको पनि त्यही लक्ष्य रहेको भन्दै उनले एउटा तहबाट अर्को तहमा जाँदा महँगो हुने भयो भनेर सरकारले संस्थागत संयन्त्र विकसित गरेको बताए । कसरी थोरै ब्याजमा पुँजी प्रवाह गर्ने भन्ने विषय अहिलेको चुनौतीको विषय रहेको उनको भनाइ छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- पशुपति गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक लाग्दैन: अदालत
- बजार परिसुचक २७ सय ४८ बिन्दुमा
- ‘सङ्घीय गणतान्त्रिक शासन प्रणाली सबैभन्दा उपयुक्त’
- जलवायु न्यायका लागि रस्साकस्सी
- लैङ्गिक हिंसा रोकथाम गर्न मन्त्रालयको सक्रियता
- ‘पूर्णबहादुरको सारङ्गी’ बन्यो सर्वाधिक कमाउने चलचित्र
- जनकपुरधामबाट अयोध्या तिलकमा २५१ जना जाने
- नारायणगढ–बुटवल सडक निर्माणमा भएको ढिलाइबारे प्रधानमन्त्रीको चासो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया