Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिटिजन्स बैंक र थ्रिडी आर्ट म्युजियमबीच सम्झौता

सिटिजन्स बैंक र थ्रिडी आर्ट म्युजियमबीच सम्झौता


काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र इमाडोल तथा राधेराधेमा रहेको थ्रिडी आर्ट म्युजियम प्रालिबीच सम्झौता भएको छ । सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङका ग्राहकलाई विशेष छुट दिने समझदारी भएको हो ।

समझदारीपत्रमा हस्ताक्षरपश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ प्रयोगकर्ताले थ्रिडी आर्ट म्युजियममा १० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

बैंकले डिजिटल बैंकिङ माध्यमको प्रयोगलाई बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्ने उद्देश्यले समयसमयमा यस्तो सुविधा ल्याउने गरेको छ । डिजिटल कारोबार गर्दा पाइने छुटसम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ । बैंकले देशैभर फैलिएका आफ्ना एक सय ८८ वटा शाखा, तीनवटा विस्तारित काउन्टर, एक सय ४३ वटा एटीएम, छवटा कियोस्क सेवा र ९७ वटा शाखारहित बैंकिङ इकाइहरूबाट १६ लाखभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया