Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारस्मार्ट क्युआर र नेपाल पेको सहकार्य

स्मार्ट क्युआर र नेपाल पेको सहकार्य


काठमाडौं । नेपाल पे क्युआर र स्मार्ट क्युआरले नेटवर्कस्तरमा अन्तरआबद्ध भई सेवा सुरु गरेका छन् । आइतबार आयोजित औपचारिक कार्यक्रममा विभिन्न बैंक तथा वालेटका प्रतिनिधिहरूले स्मार्ट क्युआर र नेपाल पे क्युआर दुवै नेटवर्कमा भुक्तानी गरेर सेवाको शुभारम्भ गरेका हुन् ।

सो कार्यक्रममा स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी)का प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र नेपाल क्लियरिङ हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानलगायत विभिन्न बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि तथा सञ्चारमाध्यमका प्रतिनिधिहरूको उपस्थिति थियो । क्युआर भुक्तानीलाई थप प्रवर्द्धन गर्न नेटवर्कस्तरको अन्तरआबद्धतासहित सञ्चालनका लागि सहकार्य भएसँगै नेपाल पे क्युआरमार्फत आबद्ध भएका विभिन्न मोबाइल बैकिङ, वालेट र कनेक्ट आईपीएसका प्रयोगकर्ताहरूले स्मार्ट क्युआर नेटवर्कमा आबद्ध सम्पूर्ण मर्चेन्टहरूमा सजिलै भुक्तानी गर्न सक्नेछन् ।

यसैगरी स्मार्ट क्युआर नेटवर्कको मोबाइल बैंकिङ र वालेटहरूले नेपाल पे क्युआर नेटवर्कमा आबद्ध तीन लाख ५० हजारभन्दा बढी मर्चेन्टमा सजिलै भुक्तानी गर्न सक्नेछन् । ग्राहक तथा व्यवसायी दुवैलाई नेटवर्क पहिचानमा समय खर्च नगरी सिधै भुक्तानी गर्न र लिन मिल्ने यो सुविधाले नेपालको डिजिटल भुक्तानी तथा अर्थतन्त्रमा टेवा पु-याउने विश्वास लिइएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया