हुलाक बचतको खाता वाणिज्य बैंकमा हस्तान्तरण गर्न सुरु
काठमाडौं,हुलाक बैंकमा रहेका खाता एवं बचत रकम राष्ट्रिय वाणिज्य बैंकमा हस्तान्तरण गर्न सुरु गरिएको छ । मन्त्रिपरिषद्को असार १२ गतेको निर्णयअनुसार मंगलबारदेखि हस्तान्तरणको प्रक्रिया सुरु गरेको हो । असार २९ गतेसम्म हस्तान्तरणको प्रक्रिया चल्ने भएकाले सो अवधिसम्म हुलाक बचत खाताको कारोबार पनि रोक्का रहने छ ।
सरकारले नीति तथा कार्यक्रम र बजेटमार्फत हुलाक बचत बैंकका खातालाई राष्ट्रिय वाणिज्य बैंकमा हस्तान्तरण गर्ने घोषणा गरेको थियो । देशभरका जिल्ला सदरमुकाममा रहेका ६८ वटा राष्ट्रिय वाणिज्य बैंकका शाखामा हुलाक बचत बैंकको खाता हस्तान्तरण गर्न थालिएको छ । राष्ट्रिय बैंकसँग असार २४ गते भएको सम्झौताअनुसार खाता हस्तान्तरण प्रक्रिया सुरु भएको हुलाक सेवा विभागका महानिर्देशक इन्दु घिमिरेले जानकारी दिइन् ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको प्रस्तावमा असार १२ गतेको मन्त्रिपरिषद् बैठकले हुलाक बचत बैंकमा रहेका बचतकर्ताको खाता एवम् बचत रकम हुलाक सेवा विभागले राष्ट्रिय वाणिज्य बैंकमा हस्तान्तरण गर्ने निर्णय गरेको थियो ।
त्यसैगरी हुलाक बचत बैंकको व्यवस्थापन गर्नका लागि सञ्चालनमा रहेका हुलाक बचत बैंकमा रहेको समग्र नाफा रकमबाट हाल घाटामा रहेका तथा कर्मचारीबाट हिनामिना भएका रकम भुक्तानी गरी बाँकी रहेको नाफा रकम नेपाल सरकारको सञ्चित कोषमा जम्मा गर्ने निर्णय पनि सरकारले गरिसकेको छ ।
हुलाक बचत बैंकमा रकम हिनामिना कार्यमा संलग्न कर्मचारीलाई कानुनबमोजिम कारबाही गर्ने र हिनामिना भएको रकम संलग्न कर्मचारीबाट कानुनबमोजिम असुल उपर गर्ने निर्णय पनि सरकारले गरिसकेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका निमित्त सचिव एवं प्रवक्ता नेत्रप्रसाद सुवेदीले जानकारी दिए । त्यस्तै, हुलाक बचत बैंकमा रहेका खाताहरू हस्तान्तरणपछि हुलाक बचत बैंक खारेज गरी हुुलाक बैंक नियमावली २०३४ को खारेजीको प्रक्रिया अगाडि बढाउने निर्णय पनि मन्त्रिपरिषद्बाट भइसकेको प्रवक्ता सुवेदीले जानकारी दिए ।
देशभरि सञ्चालनमा रहेका ६८ वटा हुलाक बचत बैंकमध्ये १२ वटा घाटामा चलेका थिए । त्यहाँ कार्यरत कर्मचारीबाट बचत रकम हिनामिनाको गुनासो पनि आउन थालेपछि आवश्यक पहल गर्दै सञ्चार मन्त्रालयले बचतकर्ताको रकमको सुरक्षाका लागि राष्ट्रिय वाणिज्य बैंकमा हस्तान्तरणका लागि पहल थालेको सञ्चार तथा सूचना प्रविधिमन्त्रीका सञ्चारविज्ञ नरेन्द्र केसीले जानकारी दिए ।
सानातिना रकम जम्मा गर्न चाहने व्यक्तिलाई बैंकिङ सुविधा प्रदान गर्न स्थापना भएका हुलाक बचत बैंकको सेवा र कारोबारमा बचत तथा ऋण सेवा प्रदान गर्ने बैंक तथा तथा वित्तीय संस्थाहरूको विस्तारसँगै संकुचन आएको छ । जसका कारण हुलाक बचत बैंक न्यून प्रभावी बन्न पुुगेको निष्कर्षसहित सरकारले बैंकलाई राष्ट्रिय वाणिज्य बैंकसँग गाभेको हो ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 7
ताजा अपडेट
- छ वर्षमा पनि बनेन गजेन्द्रनारायण सिंह अस्पतालको भवन
- जनसभामा जथाभाबी फोहोर गरेको भन्दै महानगरले एमालेलाई तिरायो १ लाख जरिमाना
- देशका अधिकांश भागमा आज मौसम सफा रहने पूर्वानुमान
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
- विशेष अदालतको फैसलामा चित्त नबुझेको भन्दै आयोगले गर्यो सर्वोच्चमा पुनरावेदन
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
- विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ: प्रधानमन्त्री
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया