प्राधिकरणद्वारा पशुधन र माछाको बीमालेख जारी
काठमाडौं । नेपाल बीमा प्राधिकरणले पशुधन तथा माछाको बीमालेख जारी गरेको छ । प्राधिकरणका अनुसार २०८० जेठ ३० गतेको निर्णयबाट संशोधनसहित स्वीकृत भएका यी दुई बीमालेख आर्थिक वर्ष २०८०–०८१ को पहिलो साता अर्थात् यही साउन एक गतेबाट नै सुरु हुने भएको हो । कृषि बीमालाई प्रोत्साहन गर्नका लागि प्राधिकरणले पशुपन्छी पालन र कृषि बालीको क्षति रक्षावरण गर्नका लागि बीमालेख जारी गरिएको प्राधिकरणको भनाइ छ । प्राधिकरणले यसअघि पनि खाद्यान्न, टिमुर, बाख्रा र जडीबुटीसम्बन्धी बीमालेख जारी गरेको प्राधिकरणको भनाइ छ ।
माछा र पशुधन बीमालेखले सात प्रकारका घटनामा हुने क्षति तथा नोक्सानीको रक्षावरण गर्ने प्राधिकरणको भनाइ छ । बीमालेखले रक्षावरण गर्ने घटनाहरूमा आगो, हावा, पानी, भूमि, चट्याङ र रोग, आकस्मिक तथा दुर्घटना रहेका छन् । पशुधन तथा माछाको बीमालेखअनुसार बीमा अवधिभित्र दुर्घटनाका कारण पशुवस्तु मरे, स्पाइनल इन्जुरीको कारण हड्डी काम नलाग्ने भएमा, खुट्टा पूरै काम नलाग्ने भएमा, दृष्टि गुमेमा दुर्घटना बीमाबापत बीमाङ्क रकम दुई लाख रुपैयाँ कम्पनीले बीमितलाई भुक्तानी गर्नुपर्ने प्राधिकरणको भनाइ छ । पशुधनको बीमा गर्दा बीमाङ्क रकमको पाँच प्रतिशतका दरले बीमाशुल्क लाग्ने र यो बीमालेखअनुसार गरिने पशुधनको आंशिक बीमा गर्न पाइने छैन ।
प्राधिकरणका अनुसार बीमालेख जारी भइसकेपछि बीमाङ्क रकम परिवर्तन गर्न नपाउने, पशुधनको बीमा सामूहिकरूपमा गर्न सकिने छ । यसैगरी माछाको बीमा न्यूनतम तीन महिनादेखि अधिकतम १२ महिनासम्मको लागि गर्न सकिने छ । यसअन्तर्गत गरिने माछाको बीमामा बीमाशुल्क तीन प्रतिशत कायम गरिएको छ । प्रजनन् प्रयोजनका लागि पालिएको माछाको बीमा गर्दा १२ केजीभन्दा बढीको माछाको बीमा नहुने व्यवस्था छ ।
प्राधिकरणका अनुसार यो बीमालेखमा दुर्घटना बीमाबापत बीमाशुल्क प्रतिबीमित पाँच सय रुपैयाँ तोकिएको छ । माछाहरूको पनि आंशिक बीमा गर्न नपाउने व्यवस्था गरिएको छ भने बीमितले भुक्तानी गरेको बीमाशुल्क रकम बैंक खातामा जम्मा भएको प्रमाण बीमकले प्राप्त नगरेसम्म बीमालेख जारी गर्न पाइने छैन ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- पशुपति गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक लाग्दैन: अदालत
- बजार परिसुचक २७ सय ४८ बिन्दुमा
- ‘सङ्घीय गणतान्त्रिक शासन प्रणाली सबैभन्दा उपयुक्त’
- जलवायु न्यायका लागि रस्साकस्सी
- लैङ्गिक हिंसा रोकथाम गर्न मन्त्रालयको सक्रियता
- ‘पूर्णबहादुरको सारङ्गी’ बन्यो सर्वाधिक कमाउने चलचित्र
- जनकपुरधामबाट अयोध्या तिलकमा २५१ जना जाने
- नारायणगढ–बुटवल सडक निर्माणमा भएको ढिलाइबारे प्रधानमन्त्रीको चासो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया