Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारकुमारी बैंक र वर्ल्ड लिंकबीच सम्झौता

कुमारी बैंक र वर्ल्ड लिंकबीच सम्झौता


काठमाडौं । कुमारी बैंक लिमिटेड र वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडबीच सम्झौता भएको छ । कुमारी बैंकका ग्राहकलाई वर्ल्ड लिंकको सेवा लिँदा छुट दिने सम्झौता भएको हो । सम्झौताअनुसार कुमारी बैंकका ग्राहकमध्ये वर्ल्ड लिंक कम्युनिकेसनको वार्षिक सदस्यता रोज्ने ग्राहकले १५ प्रतिशतसम्म छुट पाउने छन् भने त्रैमासिक सदस्यता छनौट गर्नेहरूले पाँच प्रतिशत छुट पाउने भएका छन् । यो छुट प्राप्त गर्नका लागि ग्राहकले आफ्नो कुमारी स्र्माट मोबाइल बैंकिङ एप वा आफ्नो कुमारी बैंकको डेबिट/क्रेडिट कार्डबाट भुक्तानी गर्नुपर्ने छ । डिजिटल कारोबारमा ग्राहकहरू आकर्षित भइरहेको कुरालाई मध्यनजर गर्दै आफ्ना ग्राहकहरूलाई डिजिटल कारोबारमा प्रोत्साहन गर्नका निमित्त कुमारी बैंकले यो सहकार्यमार्फत वल्ड लिंक कम्युनिकेसनको सुविधामा छुट मिल्ने व्यवस्था मिलाएको हो ।

विगत २२ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका तीन सय दुई वटा शाखा, ४९ एक्सटेन्सन काउन्टर, तीन सय आठ वटा एटीएम तथा ६३ शाखारहित बैंकिङ इकाइसहितका सञ्जालमार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्र्रभावकारी सेवाहरू प्रदान गर्दै आइरहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया