पशुपति विकास कोषलाई प्रभु बैंकद्वारा हाइड्रोलिक गाडी उपहार
काठमाडौं । प्रभु बैंकले पशुपति विकास कोषलाई हाइड्रोलिक गाडी र फोहोर उठाउन प्रयोग हुने सामग्री हस्तान्तरण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत पशुपति विकास कोषलाई हाइड्रोलिक गाडी हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीलाई गाडीको चाबी हस्तान्तरण गरेका हुन् । १७ लाख रुपैयाँ बराबरको यो गाडी फोहोर उठाउनका लागि प्रयोग गरिने बताइएको छ । पशुपति क्षेत्रमा दैनिक सिर्जना हुने फोहोरजन्य सामग्री व्यवस्थापनका लागि गाडीले थप सहयोग पुग्ने अपेक्षा बैंकले गरेको छ ।
टाटाको एस हपर सिरिजको टिपर दैनिक सञ्चालनका लागि एक चालकलाई पारिश्रामिक स्वरूप २५ हजार रुपैयाँ व्यवस्था गर्ने मन्त्रालयले जनाएको छ । मन्त्रालयले एक वर्षका लागि पारिश्रामिकबापत तीन लाख रुपैयाँ उपलब्ध गराउने मन्त्रालयले जनाएको छ । बैंकले आउँदा दिनमा पनि मन्त्रालय र पशुपति विकास कोषसँगको सहकार्य गरेर अघि बढ्ने योजना बनाएको बैंकका प्रमुख कार्यकारी अधिकृत शेरचनले जानकारी दिए । बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- पशुपति गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक लाग्दैन: अदालत
- बजार परिसुचक २७ सय ४८ बिन्दुमा
- ‘सङ्घीय गणतान्त्रिक शासन प्रणाली सबैभन्दा उपयुक्त’
- जलवायु न्यायका लागि रस्साकस्सी
- लैङ्गिक हिंसा रोकथाम गर्न मन्त्रालयको सक्रियता
- ‘पूर्णबहादुरको सारङ्गी’ बन्यो सर्वाधिक कमाउने चलचित्र
- जनकपुरधामबाट अयोध्या तिलकमा २५१ जना जाने
- नारायणगढ–बुटवल सडक निर्माणमा भएको ढिलाइबारे प्रधानमन्त्रीको चासो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया