Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारअपी पावरलाई हकप्रद सेयरका लागि अनुमति

अपी पावरलाई हकप्रद सेयरका लागि अनुमति


काठमाडौं । नेपाल धितोपत्र बोर्डले अपी पावर कम्पनीलाई एक अर्ब ६५ करोड ३३ लाख १३ हजार सात सय रुपैयाँबराबरको हकप्रद सेयर जारी गर्ने अनुमति दिएको छ । बोर्डका अनुसार कम्पनीलाई एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी एक करोड ६५ लाख ३३ हजार एक सय ३७ कित्ता हकप्रद सेयर जारी गर्नको लागि अनुमति दिइएको हो ।

कम्पनीको सेयर निष्काशन एवं बिक्री प्रबन्धकको रूपमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । बोर्डका अनुसार कम्पनीले हाल कायम रहेको चुक्ता पुँजीमध्येबाट एक बराबर शून्य चार अर्थात् १ः०४ को अनुपातमा हकप्रद सेयर जारी गर्नको अनुमति पाएको हो ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया