Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनबिल बैंक ३९औँ वर्षमा

नबिल बैंक ३९औँ वर्षमा


काठमाडौं । नबिल बैंकले ३९ औं वार्षिकोत्सव मनाएको छ । बुधबार काठमाडौंमा आयोजित एक विशेष कार्यक्रमका बीच बैंकले वार्षिकोत्सव मनाएको हो । निजी क्षेत्रबाट सञ्चालित देशकै पहिलो बैंकको रूपमा १२ जुलाई सन् १९८४ मा यसको स्थापना भएको थियो । ३९ औँ वार्षिकोत्सव मनाउँदासम्म बैंकले पाएको ग्राहकको मायाले आफूहरू उत्साहित भएको बैंकका अधिकारीहरूले जनाएका छन् ।

वार्षिकोत्सवको अवसरमा बुधबार बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले बैंकप्रति ग्राहकको अटुट भरोसा रहेको भन्दै यो भरोसा जोगाइराख्ने प्रतिबद्धता व्यक्त गरे । स्थापना कालदेखि नै बैंककोे प्राथमिकता ग्राहकको सन्तुष्टिमा केन्द्रित रहेको भन्दै दिगो र डिजिटलाइज्ड बैंकिङलाई अझ सबल बनाउँदै ग्राहकलाई सुविधा दिन तत्पर रहने उनले बताए ।

३९ औँ वर्षसम्म आइपुग्दा बैंकको कुल निक्षेप तीन खर्ब ७८ अर्ब तथा कुल कर्जा तीन खर्ब ४० अर्ब रुपैयाँ पुगेको छ । नबिलले २० लाखभन्दा बढी सेवाग्राहीलाई सेवा प्रदान गर्दै आएको छ । त्यस्तैगरी देशभरिको शाखा विस्तार भई दुई सय ६४ शाखा र दुई सय ९८ एटीएम मेसिनबाट सेवा प्रदान गर्दै आएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया