Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारप्रभु महालक्ष्मी लाइफको एकीकृत कारोबार प्रारम्भ

प्रभु महालक्ष्मी लाइफको एकीकृत कारोबार प्रारम्भ


काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्सबीच मर्जरपछि एकीकृत कारोबार सुरु भएको छ । यी दुई कम्पनीले शुक्रबारबाट ‘प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड’को नामबाट एकीकृत कारोबार सुरु गरेका हुन् ।

दुवै कम्पनीको जेठ २६ गते बसेको साधारणसभाले मर्जरसम्बन्धी प्रस्ताव पारित गरेको थियो । मर्जरका लागि यी दुई कम्पनीबीच एक बराबर एक अर्थात १ः१ को स्वाप रेसियो कायम भएको थियो । मर्जरपश्चात् बनेको प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी चार अर्ब २९ करोड रुपैयाँ पुगेको छ । बीमा प्राधिकरणले तोकेको पाँच अर्ब रुपैयाँ चुक्ता पुँजीको लागि कम्पनीले १० करोड बराबरको प्रिमियम मूल्यमा एफपीओ निष्काशन गर्ने तयारी गरेको जानकारी दिएको छ ।

मर्जरपश्चात् एकीकृत कारोबार प्रयोजनका लागि दुवै कम्पनीको सम्पूर्ण हरहिसाब तथा तथ्याङ्कलाई एकल इन्स्योरेन्स सफ्टवेयरमा समायोजन तथा क्लोजिङ प्रयोजनका लागि असार २९ गते शुक्रबारदेखि ३१ गतेसम्म कम्पनीको सम्पूर्ण बीमा सेवा, कारोबार तथा अन्य सेवा बन्द रहने जानकारी पनि कम्पनीले दिएको छ । मर्जरसम्बन्धी प्रयोजनका लागि नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले साबिक प्रभु लाइफ इन्स्योरेन्सको सेयर कारोबारसमेत रोक्का राखेको थियो । एकीकृत कारोबारका लागि बनेको प्रभु महालक्ष्मी इन्स्योरेन्सको अध्यक्षमा सुभास अमात्य र प्रमुख कार्यकारी अधिकृतमा रमेशकुमार भट्टराई रहेका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया