Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारलक्ष्मी र सनराइज बैंक एक आपसमा गाभिए

लक्ष्मी र सनराइज बैंक एक आपसमा गाभिए


काठमाडौं । लक्ष्मी र सनराइज बैंकले एकीकृत कारोबार सुरु गरेका छन् । मर्जरपछि दुवै बैंकले शुक्रबारबाट लक्ष्मी सनराइज बैंक लिमिटेडको नाममा एकीकृत कारोबार सुरु गरेका हुन् । मर्जरका लागि दुवै बैंकहरूबीच गत जेठ आठ गते अन्तिम सम्झौता भएको थियो । असार तीन गते सम्पन्न दुवै बैंकको साधारणसभाले मर्जरसम्बन्धी प्रस्ताव पारित गरेको थियो । नेपाल राष्ट्र बैंकले भने यही असार २२ गते मर्जरको लागि अन्तिम स्वीकृति दिएकोमा कम्पनी रजिस्टार्डको कार्यालयले असार २४ गते मर्जरको लागि अन्तिम स्वीकृति दिएसँगै एकीकृत कारोबार सुरु भएको बैंकले जनाएको छ ।

मर्जरका लागि दुवै बैंकबीच एक बराबर एक अर्थात् १ः१ को स्वाप रेसियो कायम भएको थियो । मर्जरपश्चात् बनेको बैंकको केन्द्रीय कार्यालय काठमाडौंको हात्तीसारस्थित लक्ष्मी बैंकको कार्यालयमा बसेको छ । मर्जरअघि लक्ष्मी बैंकको चुक्ता पुँजी ११ अर्ब ५५ करोड रुपैयाँ रहेको थियो भने सनराइज बैंकको चुक्ता पुँजी १० अर्ब ११ करोड रुपैयाँ रहेको छ । एकीकृत कारोबारपश्चात बनेको लक्ष्मी सनराइज बैंकको चुक्ता पुँजी २१ अर्ब ६६ करोड रुपैैयाँ पुगेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया